spot_img

मधेश प्रदेशमा मिर्गौला उपचार केन्द्र र ट्रमा सेन्टर स्थापना गरिने

spot_img
spot_img

काठमाडौं,१५ जेठ । सरकारले मधेश प्रदेशमा मिर्गौला उपचार केन्द्र तथा ट्रमा सेन्टर स्थापना गर्ने घोषणा गरेको छ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मधेश प्रदेशमा विशेष स्वास्थ्य सेवा विस्तारअन्तर्गत मिर्गौला उपचार केन्द्र सञ्चालनमा ल्याइने बताएका हुन्।

सरकारका अनुसार प्रदेशभित्रै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले ट्रमा सेन्टरसमेत स्थापना गरिनेछ। यसबाट उपचारका लागि बाहिर जानुपर्ने बाध्यता कम हुने तथा गम्भीर बिरामीले सहज रूपमा सेवा पाउने अपेक्षा गरिएको छ।

सरकारले स्वास्थ्य पूर्वाधार सुदृढीकरण, विशेषज्ञ सेवा विस्तार तथा प्रदेशस्तरमै गुणस्तरीय उपचार प्रणाली विकासलाई प्राथमिकतामा राखेको जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय