spot_img

वीरगन्ज नाकाबाट १० महिनामा ८८ अर्बभन्दा बढी सामान निर्यात

spot_img
spot_img

वीरगन्ज,१५ जेठ । चालु आर्थिक वर्षको पहिलो १० महिनामा वीरगञ्ज नाकाबाट ८८ अर्ब २२ करोड रुपैयाँ बराबरका वस्तु निर्यात भएको छ।

वीरगन्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा ८३ अर्ब २५ करोड रुपैयाँ बराबरको निर्यात भएकोमा यस वर्ष उल्लेख्य वृद्धि देखिएको हो।

सूचना अधिकारी उदयसिंह विष्टका अनुसार निर्यातमा सबैभन्दा ठूलो हिस्सा भटमासको प्रशोधित तेलको रहेको छ, जसको मूल्य ४८ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, प्रशोधित सूर्यमुखी तेल ५ अर्ब ३५ करोड र फलफूलको रस ६ अर्ब ४२ करोड रुपैयाँ बराबर निर्यात भएको छ।

यसैगरी, कपडा ३ अर्ब ३ करोड रुपैयाँ र ‘सिन्थेटिक यार्न’ २ अर्ब २५ करोड रुपैयाँ बराबर निर्यात भएको तथ्यांकले देखाएको छ। वीरगन्ज नाका देशकै प्रमुख व्यापारिक नाका भएकाले यहाँबाट हुने निर्यातले समग्र अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय