spot_img

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको हातमा बजेट

spot_img
spot_img

काठमाडौँ,१५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट तयार पारेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट तयार पारेर सार्वजनिक गर्नुभएको हो । दिउँसो ४ बजे अर्थमन्त्री वाग्लेले संसद्को संयुक्त सदनमा अपराह्न ४ बजे आगामी आवका लागि खर्च तथा व्ययको अनुमानसहितको विवरण अर्थात् बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

बजेटमार्फत दिगो आर्थिक सुशासनका लागि रूपान्तरणका स्पष्ट कार्यक्रम ल्याउने तयारी भइरहेको अर्थमन्त्री डा. वाग्लेले बताउँदै आउनुभएको छ । आगामी वर्षको बजेटलाई रूपान्तरणको प्रस्थानविन्दु बनाएर आउने पाँच वर्षसम्म सुधारका कार्यक्रम व्यवस्थित गर्ने अर्थमन्त्रीको तयारी छ ।

अर्थमन्त्री वाग्ले अर्थ मन्त्रालयबाट बजेट बोकेर संघीय संसद् भवनतर्फ प्रस्थान गर्नुभएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय