काठमाडौं,१५ जेठ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमानित विवरण (बजेट) पेस गर्न सुरू गरेका छन् ।
संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते नै सरकारले नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान अनुसार नै अर्थमन्त्री डा वाग्लेले बजेट पेस गर्न सुरू गरेका हुन् ।
त्यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले बजेट वक्तव्यलाई संघीय संसद्मा पेश गर्न स्वीकृत गरेको थियो ।



