spot_img

ठूला सिँचाइ पूर्वाधार निर्माण आगामी वर्षभित्र सम्पन्न गर्ने सरकारको घोषणा

spot_img
spot_img

काठमाडौं,१५ जेठ । सरकारले ठूला सिँचाइ पूर्वाधार आयोजनाको निर्माण आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम अघि बढाउने घोषणा गरेको छ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कृषि उत्पादन वृद्धि तथा सिंचित क्षेत्र विस्तारलाई प्राथमिकतामा राख्दै साना तथा ठूला सिँचाइ आयोजनामा विशेष जोड दिइएको बताएका हुन्।

उनका अनुसार सरकारले अधुरा तथा निर्माणाधीन सिँचाइ परियोजनालाई समयमै सम्पन्न गर्न आवश्यक बजेट तथा स्रोत व्यवस्थापन गर्नेछ। कृषि क्षेत्रमा आत्मनिर्भरता हासिल गर्न सिँचाइ पूर्वाधारको विस्तार अपरिहार्य भएकाले सरकारले यस क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ।

अर्थमन्त्री वाग्लेले सिँचाइ पहुँच विस्तारबाट कृषकको उत्पादन लागत घट्नुका साथै उत्पादन र उत्पादकत्व वृद्धि हुने विश्वास व्यक्त गरे। सरकारले आगामी वर्ष कृषि, ऊर्जा तथा पूर्वाधार क्षेत्रलाई विकासको मुख्य आधारका रूपमा अघि बढाउने नीति लिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय