spot_img

स्वास्थ्य सेवामा ‘फड्को’ मार्ने सरकारको घोषणा

spot_img
spot_img

काठमाडौं,१५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा स्वास्थ्य सेवामा उल्लेखनीय सुधार गर्दै ‘फड्को’ मार्ने लक्ष्य लिएको छ।

आगामी बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्वास्थ्य प्रणालीलाई प्रभावकारी, पहुँचयोग्य र आत्मनिर्भर बनाउन विभिन्न संरचनागत सुधार गरिने बताएका छन्।

सरकारले नेपाल औषधि लिमिटेडलाई थप सक्षम र उत्पादनमुखी बनाइने जनाएको छ। औषधि उत्पादन क्षमता वृद्धि गर्दै स्वदेशमै गुणस्तरीय औषधिको आपूर्ति सुनिश्चित गर्ने सरकारको योजना छ।

बजेटमा स्वास्थ्य सेवा विस्तार, पूर्वाधार सुधार तथा औषधि उत्पादन र आपूर्ति व्यवस्थालाई सुदृढ बनाउने विषयलाई प्राथमिकतामा राखिएको छ। सरकारले स्वास्थ्य क्षेत्रको सेवा प्रवाहलाई आधुनिक प्रविधिमैत्री बनाउने र जनताको पहुँच बढाउने लक्ष्य लिएको छ।

अर्थमन्त्री वाग्लेले स्वास्थ्य क्षेत्रमा सुधारमार्फत नागरिकलाई गुणस्तरीय सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताए।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय