काठमाडौं,१५ जेठ । बैंकिङ क्षेत्रमा बढ्दै गएको खराब कर्जा तथा गैर–बैंकिङ सम्पत्ति व्यवस्थापनका लागि सरकारले नयाँ सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने घोषणा गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै पुस मसान्तभित्र राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गरिने जानकारी दिएका हुन्।
उनका अनुसार बैंक तथा वित्तीय संस्थामा देखिएको खराब कर्जा र गैर–बैंकिङ सम्पत्तिको प्रभावकारी व्यवस्थापन गर्न विशेष कानुनी अधिकारसहितको संरचना तयार गरिनेछ। सरकारले नयाँ कम्पनीमार्फत वित्तीय प्रणालीलाई थप स्थिर, पारदर्शी र सक्षम बनाउने लक्ष्य लिएको छ।



