spot_img

बजेट प्रस्तुत भइरहँदा सभाबाट बाहिरिए हर्क साम्पाङ

spot_img
spot_img

काठमाडौं,१५ जेठ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत भइरहेका बेला श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सभाबाट बाहिरिएका छन्।

संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट वक्तव्य प्रस्तुत गरिरहेका थिए। सोही क्रममा बजेट भाषण जारी रहँदा नै हर्क साम्पाङ बैठक कक्षबाट बाहिरिएका हुन्।

सभाको औपचारिक कार्यक्रम चलिरहँदा उनी बाहिरिएको दृश्यले संसद् परिसरमा केही क्षण चर्चा समेत उत्पन्न गरेको थियो। तर बाहिरिनुको कारणबारे तत्काल कुनै आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन।

बजेट प्रस्तुत भइरहँदा संसद्भित्र अन्य सांसद तथा पदाधिकारीहरू भने बैठकमै उपस्थित रहेका थिए।

spot_img

ताजा अपडेट

लोकप्रिय