spot_img

तीन वर्षभित्र १० वटा आधुनिक फुटबल रंगशाला निर्माण गरिने

spot_img
spot_img

काठमाडौं,१५ जेठ । सरकारले खेल पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्दै आगामी तीन वर्षभित्र कम्तीमा १० वटा फुटबल रंगशाला निर्माण तथा स्तरोन्नति गर्ने घोषणा गरेको छ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै सरकारले ८ हजार दर्शक क्षमताका ती रंगशालाहरूलाई फ्लडलाइटसहित आधुनिक सुविधा सम्पन्न बनाइने जनाएको छ।

सरकारका अनुसार खेलकुद पूर्वाधारलाई युवा विकाससँग मात्र होइन, स्थानीय अर्थतन्त्रसँग पनि जोड्ने उद्देश्यका साथ यो कार्यक्रम अघि सारिएको हो।

रंगशालाहरूको स्तरोन्नतिले स्थानीय स्तरमा खेल गतिविधि वृद्धि हुनुका साथै पर्यटन, व्यापार र रोजगारी सिर्जनामा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

सरकारले खेलकुद क्षेत्रलाई राष्ट्रिय एकता, स्वस्थ जीवनशैली र युवा सशक्तीकरणको महत्वपूर्ण आधारका रूपमा विकास गर्ने नीति लिएको जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय