spot_img

रासायनिक मल खरिदका लागि ३२ अर्ब ४६ करोड बजेट विनियोजन

spot_img
spot_img

काठमाडौं,१५ जेठ । सरकारले किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउने उद्देश्यले मल खरिदका लागि बजेट वृद्धि गर्दै ३२ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको छ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको तुलनामा मल खरिद बजेट बढाइएको जानकारी दिएका हुन्।

सरकारले रासायनिक मल आपूर्तिलाई व्यवस्थित बनाउन ‘मल आपूर्ति क्यालेन्डर’ तयार गर्ने घोषणा पनि गरेको छ। उक्त प्रणालीमार्फत मुख्य खाद्यबाली लगाउने समयमा किसानले सहज रूपमा मल प्राप्त गर्न सक्ने व्यवस्था मिलाइने अर्थमन्त्री वाग्लेले बताए।

कृषि उत्पादन वृद्धि, लागत नियन्त्रण तथा खाद्य सुरक्षालाई ध्यानमा राख्दै मल आपूर्ति प्रणालीलाई प्रभावकारी बनाउने सरकारको लक्ष्य रहेको छ।

सरकारले कृषि क्षेत्रलाई आत्मनिर्भर र उत्पादनमुखी बनाउन आवश्यक कृषि सामग्रीको उपलब्धता सुनिश्चित गर्ने नीति लिएको जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय