spot_img

लोककल्याणकारी विज्ञापनका लागि ३३ करोड बजेट विनियोजन

spot_img
spot_img

काठमाडौं,१५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा लोककल्याणकारी विज्ञापनका लागि ३३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

आगामी बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले छापा तथा विद्युतीय सञ्चार माध्यममार्फत प्रसारण हुने लोककल्याणकारी विज्ञापनका लागि उक्त रकम छुट्याइएको जानकारी दिएका हुन्।

सरकारका अनुसार सार्वजनिक सूचना, जनचेतना तथा सरकारी कार्यक्रमको प्रभावकारी प्रचार–प्रसारका लागि सञ्चार माध्यममार्फत लोककल्याणकारी विज्ञापनलाई निरन्तरता दिइनेछ।

त्यसैगरी सरकारले व्यवसायिक गतिविधि विस्तारका लागि नेपालमा दर्ता भएका सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्मको प्रयोगलाई प्रोत्साहन गर्ने रणनीति पनि अघि सारेको छ।

डिजिटल सञ्चार र स्वदेशी प्रविधि प्लेटफर्मको प्रयोग बढाउँदै सूचना प्रवाहलाई व्यवस्थित तथा प्रभावकारी बनाउने सरकारको लक्ष्य रहेको जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय