spot_img

सप्तरीमा करेन्ट लागेर किसानको मृत्यु

spot_img
spot_img

जनकपुर,१६ जेठ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहमा करेन्ट लागेर एक किसानको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय ४८ वर्षीय सहदेव लौगी रहेका छन्। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार केरा बगानमा धानको बीउ छर्नका लागि विद्युतीय मोटरमार्फत पानी पठाउने तयारीका क्रममा तार जडान गर्दा उनलाई करेन्ट लागेको थियो।

गम्भीर घाइते भएका लौगीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भारदहले जानकारी दिएको छ।

खेतीपातीको समयमा सप्तरीसहित मधेस प्रदेशका विभिन्न जिल्लामा विद्युतीय मोटर प्रयोग गरी सिँचाइ गर्ने क्रममा हुने दुर्घटनाका कारण किसानले ज्यान गुमाउने घटना दोहोरिने गरेको छ।

स्थानीय किसानहरूले यस्ता दुर्घटना न्यूनीकरणका लागि सुरक्षित विद्युतीय उपकरणको प्रयोग, जनचेतना अभिवृद्धि तथा सरकारी स्तरबाट प्रभावकारी सुरक्षा उपाय अवलम्बन गर्न माग गरेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय