spot_img

३५ वर्षमा नसकेको काम ३५ मिनेटमा नखोजौँ : प्रधानमन्त्री शाह

spot_img
spot_img

काठमाडौँ,१७ जेठ । प्रधानमन्त्री बालेन शाहले काठमाडौँ उपत्यकाका खोलाकिनारका सुकुमबासी व्यवस्थापनलाई दीर्घकालीन समस्या भन्दै तत्काल समाधान अपेक्षा नगर्न आग्रह गरेका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसद आर्यन राई ले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले विगत लामो समयदेखि समाधान हुन नसकेको विषयलाई एकैछिनमा टुंग्याउन नसकिने बताए।

उनले आफू स्थानीय सरकारमा रहँदा नै यस विषयमा संघीय सरकारलाई पटक–पटक ध्यानाकर्षण गराएको स्मरण गरे। उपत्यकाका नदी किनारमा रहेका सुकुमबासी बस्तीलाई जोखिमबाट जोगाउन स्थानान्तरण गरिएको र हाल होल्डिङ क्षेत्रमा राखिएकाहरूका लागि जग्गा व्यवस्थापनको प्रक्रिया अघि बढाइएको उनले बताए।

प्रधानमन्त्री शाहका अनुसार सुकुमबासी व्यवस्थापन सरकारको प्राथमिकतामा रहेको विषय हो र यसमा राष्ट्रिय स्वतन्त्र पार्टीको पनि समान दृष्टिकोण रहेको छ।

जग्गा व्यवस्थापनका विषयमा तीन वटा मन्त्रालयले समन्वयात्मक रूपमा काम गरिरहेको उल्लेख गर्दै उनले प्रक्रिया केही समय लाग्ने स्पष्ट पारे।

“३५ वर्षमा हुन नसकेको काम ३५ मिनेटमा नखोजौँ,” भन्दै प्रधानमन्त्री शाहले सांसदहरूलाई यथार्थपरक दृष्टिकोण राख्न आग्रह गरे। उनले यो विषय केवल नीति होइन, मानवीय सुरक्षा र दीर्घकालीन पुनर्वाससँग जोडिएको विषय भएको पनि बताए।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय