spot_img

एसईईमा जफत मोबाइल नष्ट गरेपछि सिरहामा विद्यार्थी आन्दोलित, सीडीओ कार्यालय घेराउ

spot_img
spot_img

बीरगन्ज,२५ जेठ । माध्यमिक शिक्षा परीक्षा (एसईई) का क्रममा जफत गरिएका मोबाइल फोन र स्मार्ट घडी प्रशासनले नष्ट गरेपछि सिरहामा विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन्।

जिल्ला प्रशासन कार्यालय सिरहाले करिब ४९६ थान मोबाइल फोन र ५ थान स्मार्ट घडी नष्ट गरेको सार्वजनिक भएपछि विद्यार्थीहरू आन्दोलित बनेका हुन्। उनीहरूले प्रमुख जिल्ला अधिकारी (सीडीओ) कार्यालय घेराउ गर्दै निर्णयप्रति आपत्ति जनाएका छन्।

विद्यार्थीहरूले करिब १ करोड रुपैयाँ बराबरको सामग्री नष्ट गरिएको दाबी गर्दै क्षतिपूर्ति उपलब्ध गराउन तथा घटनामा संलग्न अधिकारीमाथि कारबाही गर्न माग गरेका छन्।

उनीहरूको भनाइमा परीक्षा केन्द्रबाट जफत गरिएका सामग्री सम्बन्धित व्यक्तिलाई फिर्ता नगरी नष्ट गर्नु गैरकानुनी र अनुचित कार्य हो।

घटनापछि जिल्लामा विद्यार्थी संगठनहरूको समेत ध्यानाकर्षण भएको छ। उनीहरूले प्रशासनको निर्णयविरुद्ध निष्पक्ष छानबिनको माग गरेका छन्।

कानुनी विज्ञहरूले पनि जफत गरिएको निजी सम्पत्ति स्पष्ट कानुनी आधारबिना नष्ट गर्नु संविधानले सुनिश्चित गरेको सम्पत्तिको अधिकारविपरीत हुन सक्ने बताएका छन्।

विद्यार्थीहरूले क्षतिपूर्ति, छानबिन तथा दोषीमाथि कारबाहीको माग गर्दै आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्। यस विषयमा जिल्ला प्रशासन कार्यालय सिरहाले भने हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।

spot_img

ताजा अपडेट

लोकप्रिय