spot_img

विष्णु पौडेल पक्राउ प्रकरणमा संसद्मा एमालेको आपत्ति

spot_img
spot_img

काठमाडौं,१४ असार । नेकपा (एमाले)ले पार्टीका उपाध्यक्ष विष्णु पौडेलको पक्राउप्रति आपत्ति जनाउँदै सरकारसँग त्यसको स्पष्ट कारण माग गरेको छ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा एमाले सांसद पुष्पराज कँडेलले सरकार सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानको नाममा राजनीतिक प्रतिशोधमा उत्रिएको आरोप लगाए। उनले विष्णु पौडेलमाथिको कारबाहीलाई विपक्षी दललाई दबाबमा पार्ने र एमालेको छवि धुमिल पार्ने प्रयासको रूपमा चित्रण गरे।

सांसद कँडेलले विगतमा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएका आरोपकै निरन्तरता स्वरूप अहिले विष्णु पौडेललाई निशाना बनाइएको दाबी गरे। उनले पौडेल निर्दोष रहेको उल्लेख गर्दै तत्काल रिहा गर्न सरकारसँग माग गरे।

एमालेले सरकारले आफ्ना कमजोरी ढाकछोप गर्न विपक्षी नेतामाथि आरोप लगाउने र अनुसन्धानलाई राजनीतिक उद्देश्यका लागि प्रयोग गरिरहेको आरोपसमेत लगाएको छ। साथै, सरकारले करका दरसम्बन्धी सूचना चुहाउने जस्ता विषयमा वास्तविक दोषीमाथि कारबाही नगरी अन्यत्र ध्यान मोड्न खोजेको पनि एमालेको आरोप छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय