spot_img

सुन तोलामा ४ हजार ७ सय रुपैयाँ बढ्यो

spot_img
spot_img

काठमाडौं,१४ असार । नेपाली बजारमा आइतबार सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ एकैदिन प्रतितोला ४ हजार ७ सय रुपैयाँ बढेर २ लाख ८३ हजार ८ सय रुपैयाँ पुगेको छ।

यसअघि शनिबार सुन प्रतितोला २ लाख ७९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। दैनिक रूपमा मूल्य बढे पनि पछिल्लो एक साताको अवधिमा भने सुनको भाउ अझै ३ हजार ५ सय रुपैयाँले घटेको देखिन्छ। गत आइतबार सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार ३ सय रुपैयाँ कायम थियो।

यस्तै, चाँदीको मूल्य पनि आइतबार बढेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार १८० रुपैयाँ रहेको चाँदी १४५ रुपैयाँले वृद्धि भई ४ हजार ३२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। यद्यपि, एक साताअघि चाँदीको मूल्य प्रतितोला ४ हजार ६९० रुपैयाँ रहेको थियो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय