spot_img

आगामी वर्ष पूँजीगत खर्चको समस्या तोडिने अर्थमन्त्रीको दाबी

spot_img
spot_img

काठमाडौं,१४ असार । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकमा देखिएको पूँजीगत खर्च न्यून हुने समस्या आगामी आर्थिक वर्षबाट सुधार हुने दाबी गरेका छन्।

प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले चालु आर्थिक वर्षमा हालसम्म करिब ३५ प्रतिशत मात्र पूँजीगत खर्च हुन सकेको तथ्य स्वीकार गरे। तर, आगामी वर्षबाट यस्तो अवस्था दोहोरिन नदिने गरी सरकारले आवश्यक सुधार अघि बढाएको उनको भनाइ थियो।

उनका अनुसार पूँजीगत खर्च बढाउन सकिए राजस्व संकलनमा समेत सकारात्मक प्रभाव पर्नेछ। उनले नयाँ बजेटले विभिन्न संरचनागत सुधारका क्षेत्रमा ध्यान दिएको उल्लेख गर्दै त्यसको परिणाम आगामी वर्षदेखि देखिने दाबी गरे।

अर्थमन्त्री वाग्लेले अहिलेको सरकारले अघिल्लो सरकारले तयार पारेको बजेट कार्यान्वयन गरिरहेको पनि स्पष्ट पारे। साथै, शिक्षा र स्वास्थ्यमा लगाइएको शुल्क सम्बन्धी व्यवस्थाले न्यून आय भएका वर्गमा असर नपार्ने आफ्नो अडान दोहोर्याए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय