spot_img

मदन भण्डारीका हत्यारा पत्ता लगाउन नसक्नु हाम्रो कमजोरी : झलनाथ खनाल

spot_img
spot_img

काठमाडौं,१४ असार । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले जननेता मदन भण्डारी र जीवराज आश्रितको हत्यामा संलग्न व्यक्तिहरूको पहिचान गर्न नसक्नु आफूहरूकै कमजोरी भएको स्वीकार गरेका छन्।

नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै खनालले मदन भण्डारी र जीवराज आश्रितको मृत्यु रहस्यमय रहेको उल्लेख गर्दै घटनाका वास्तविक दोषीहरू आजसम्म पत्ता लगाउन नसकिएको बताए।

उनले मदन भण्डारीको चर्चा गर्दा जीवराज आश्रितलाई अलग गर्न नसकिने भन्दै दुवै नेताको हत्या नेपालको कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउने उद्देश्यका साथ गरिएको षड्यन्त्र भएको दाबी गरे।

खनालले भने, “मदन भण्डारीमाथि रचिएको हत्या केवल एक व्यक्तिविरुद्धको षड्यन्त्र थिएन, यो नेपालको समग्र कम्युनिस्ट आन्दोलनलाई निस्तेज पार्ने योजनाको हिस्सा थियो। त्यो षड्यन्त्रको प्रभाव आज पनि विभिन्न रूपमा देखिइरहेको छ।”

उनले कम्युनिस्ट आन्दोलनमाथि विभिन्न प्रकारका चुनौती र षड्यन्त्र अझै जारी रहेको उल्लेख गर्दै मार्क्सवाद र लेनिनवादलाई नेपालको सामाजिक तथा राजनीतिक यथार्थअनुसार लागू गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय