काठमाडाैं,२८ जेठ । बाराको कलैयादेखि मलाही जोड्ने सडक स्तरोन्नतिका लागि पूर्वाधार विकास मन्त्रालयले मधेश प्रदेश सरकारलाई सशर्त अनुदान उपलब्ध गराउने भएको छ।
मन्त्रालयले उक्त सडकको स्तरोन्नति तथा सुधार कार्यका लागि ३ लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको हो। सशर्त अनुदानमार्फत उपलब्ध हुने रकम तोकिएको योजना अनुसार सडक पूर्वाधार सुधारमा खर्च गरिने बताइएको छ।
सडक स्तरोन्नतिसँगै स्थानीय आवतजावत सहज हुने अपेक्षा गरिएको छ।




