spot_img

एक निर्वाचनको परिणामबाट कम्युनिस्ट आन्दोलनको भविष्य तय हुँदैनको भनाइ : विद्यादेवी भण्डारी

spot_img
spot_img

काठमाडौं,१४ असार । पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले कुनै एक निर्वाचनको नतिजाका आधारमा कम्युनिस्ट आन्दोलनको भविष्यबारे हतारमा निष्कर्ष निकाल्न नहुने बताएकी छन्।

मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै भण्डारीले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामलाई कम्युनिस्ट शक्तिहरूका लागि आत्मसमीक्षा र सुधारको अवसरका रूपमा लिनुपर्ने धारणा राखिन्।

उनले निर्वाचन परिणामले पार्टीको प्राथमिकता, कार्यशैली र जनतासँगको सम्बन्धलाई अझ प्रभावकारी बनाउने आवश्यकता औंल्याएको बताउँदै त्यस सन्देशलाई गम्भीरतापूर्वक आत्मसात् गर्नुपर्ने उल्लेख गरिन्।

भण्डारीले भने, कुनै एउटा निर्वाचनको नतिजालाई आधार बनाएर जनताको बहुदलीय जनवाद वा समग्र कम्युनिस्ट आन्दोलनको भविष्यबारे निष्कर्ष निकाल्नु उचित नहुने धारणा व्यक्त गरिन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय