spot_img

रुपन्देहीमा २० लाख ५० हजारका अवैध आइफोन बरामद

spot_img
spot_img

बीरगन्ज,१६ असार । भारतबाट भन्सार छली अवैध रूपमा नेपाल भित्र्याइँदै गरेका करिब २० लाख ५० हजार रुपैयाँ मूल्य बराबरका एप्पल कम्पनीका ३५ थान आइफोन रुपन्देहीमा प्रहरीले बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय मझगावाँबाट खटिएको विशेष प्रहरी टोलीले कोटहीमाई गाउँपालिका–५ बेनिनगर क्षेत्रमा नियमित जाँचका क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको युपी ५६ डिएक्स ८८३८ नम्बरको भारतीय मोटरसाइकललाई शंकास्पद देखिएपछि रोकी खानतलासी गरेको थियो।

जाँचका क्रममा भन्सार प्रक्रिया पूरा नगरी ल्याइएका एप्पल कम्पनीका विभिन्न मोडलका ३५ थान आइफोन फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएका स्मार्टफोनहरूको अनुमानित बजार मूल्य करिब २० लाख ५० हजार रुपैयाँ रहेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार बरामद गरिएका सबै आइफोन र तस्करीमा प्रयोग गरिएको भारतीय मोटरसाइकल आवश्यक कानुनी कारबाहीका लागि भैरहवा भन्सार कार्यालयमा बुझाइएको छ।

प्रहरीले सीमा नाकाबाट हुने भन्सार छली तथा अवैध तस्करी नियन्त्रण गर्न सीमा क्षेत्रमा निगरानी र चेकजाँचलाई थप कडा बनाइएको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय