spot_img

मुस्लिम समुदायका अधिकार र हितसम्बन्धी सातौँ वार्षिक प्रतिवेदन प्रदेश प्रमुखसमक्ष प्रस्तुत

spot_img
spot_img

जनकपुर,२९ जेठ । मुस्लिम आयोग ले आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न गरेका गतिविधि, कार्यक्रम तथा उपलब्धिहरू समेटिएको सातौँ वार्षिक प्रतिवेदन मधेश प्रदेश प्रमुखसमक्ष प्रस्तुत गरेको छ।

शुक्रबार जनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष महमदीन अली ले प्रतिवेदन सुरेन्द्र लाभ कर्ण समक्ष हस्तान्तरण गरेका हुन्।

नेपालको संविधानको व्यवस्था अनुसार तयार पारिएको प्रतिवेदनमा मुस्लिम समुदायको हक, हित तथा अधिकार संरक्षणका लागि आयोगले गत एक वर्षमा गरेका अध्ययन, अनुसन्धान, अनुगमन तथा विभिन्न कार्यक्रमहरूको विवरण समेटिएको छ।

प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख कर्णले मुस्लिम समुदायका मुद्दा तथा सरोकारलाई नीतिगत तहसम्म पुर्‍याउन आयोगले खेलेको भूमिकाको प्रशंसा गरे। उनले प्रतिवेदनमा समावेश सुझाव र निष्कर्षहरूले आगामी दिनमा नीति निर्माण, योजना तर्जुमा तथा प्रभावकारी कार्यान्वयनमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे।

आयोगका अनुसार मुस्लिम समुदायका सामाजिक, शैक्षिक, आर्थिक तथा सांस्कृतिक क्षेत्रसँग सम्बन्धित चुनौतीहरूको अध्ययन गर्दै समाधानका लागि विभिन्न सरोकारवाला निकायसँग सहकार्य भइरहेको छ। साथै समुदायमा अधिकारसम्बन्धी चेतना अभिवृद्धि गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय