spot_img

मधेसका अति विपन्न र सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिने, महिलाका लागि विशेष कार्यक्रम घोषणा

spot_img
spot_img

बीरगन्ज,०१ असार । मधेस प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायका नागरिकको स्वास्थ्य बीमा गर्ने घोषणा गरेको छ।

प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज भट्टराईले उक्त जानकारी दिएका हुन्। उनका अनुसार लक्षित वर्गका नागरिकलाई स्वास्थ्य सेवामा पहुँच सहज बनाउन सरकारले स्वास्थ्य बीमा कार्यक्रम लागू गर्नेछ।

त्यसैगरी आपतकालीन सेवा सुधारका लागि एम्बुलेन्सहरूमा जीपीएस प्रणाली जडान गर्ने व्यवस्था मिलाइनेछ, जसले बिरामीलाई समयमै सेवा उपलब्ध गराउन सहयोग पुग्ने सरकारको विश्वास छ।

महिला स्वास्थ्यलाई ध्यानमा राख्दै प्रदेशभर स्तन क्यान्सर तथा पाठेघरको आङ खस्ने समस्या लक्षित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने पनि बजेटमा उल्लेख गरिएको छ।

यसअघि सञ्चालन हुँदै आएको ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमलाई परिमार्जन गरी “शिक्षित छोरी, सुरक्षित मधेस, उद्यमशील नारी, समृद्ध प्रदेश” अवधारणाअन्तर्गत नयाँ स्वरूप दिइने भएको छ। साथै महिलालाई प्राविधिक सीप विकासका लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराइने योजना पनि सरकारले अघि सारेको छ।

यसका लागि मुख्यमन्त्री महिला स्वरोजगार कार्यक्रम सञ्चालन गरिने अर्थमन्त्री भट्टराईले बताएका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय