काठमाडौँ,०५ असार । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै विपक्षी दलका सांसदहरूले विरोध जनाएका छन्। सभामुख डोलप्रसाद अर्यालले बैठकको कारबाही सुरु गर्नेबित्तिकै विपक्षी सांसदहरू आफ्ना आसनबाट उठेर असन्तुष्टि व्यक्त गरेका हुन्।
सिंहदरबारस्थित संसद् भवनमा जारी बैठकमा विपक्षी दलहरूको विरोधपछि उनीहरूको तर्फबाट सांसद खड्कबहादुर बुढा ले विरोधका कारण र मागबारे धारणा राखिरहेका छन्।
विपक्षी सांसदहरूको विरोधका कारण बैठकको प्रारम्भिक कार्यसूची प्रभावित भएको छ भने संसद्मा उत्पन्न राजनीतिक विवादबारे थप छलफल हुने अपेक्षा गरिएको छ।




