काठमाडौं,०५ असार । नेपाली सुन बजारमा शुक्रबार उल्लेखनीय गिरावट देखिएको छ। एकैदिन सुनको मूल्य प्रतितोला १० हजार ५०० रुपैयाँले घट्दै २ लाख ८६ हजार ७ सय रुपैयाँमा कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार अघिल्लो दिन सुन प्रतितोला २ लाख ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। यसअघि गत शुक्रबार सुनको मूल्य २ लाख ९२ हजार रुपैयाँ प्रतितोला रहेको थियो।
चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार चाँदी प्रतितोला ३०५ रुपैयाँले सस्तिँदै ४ हजार ६४० रुपैयाँमा झरेको छ। अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ९४५ रुपैयाँ प्रतितोला थियो भने गत शुक्रबार ४ हजार ८४० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिएको व्यवसायीहरू बताउँछन्। सुन र चाँदी दुवैको मूल्यमा आएको यो गिरावट पछिल्ला दिनहरूकै सबैभन्दा ठूलो दैनिक कमीमध्ये एक मानिएको छ।




