spot_img

संस्थागत स्थायित्व र संवैधानिक मर्यादामाथि प्रहार भएको खुस्बु ओलीकाे दाबी

spot_img
spot_img

काठमाडौँ,०५ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले सरकारले गरेका पछिल्ला गतिविधिहरूले मुलुकको संवैधानिक मर्यादा, सार्वभौमिकता र संस्थागत स्थायित्वमाथि गम्भीर प्रश्न उठाएको आरोप लगाएकी छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री कार्यालयसँग सम्बन्धित केही घटनाहरूले राज्यका संवैधानिक निकायहरूको स्वतन्त्रतामाथि हस्तक्षेप भएको आशंका व्यक्त गरिन्।

ओलीका अनुसार प्रधानमन्त्री कार्यालयका सल्लाहकार तथा सहयोगीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोग का पदाधिकारीलाई झण्डै ९ घण्टा नियन्त्रणमा राखेर दबाब दिएको भन्ने समाचारप्रति उनले आपत्ति जनाउँदै सरकारसँग स्पष्टिकरण माग गरिन्। यदि त्यो विवरण सत्य हो भने यसले संवैधानिक निकायमाथि प्रत्यक्ष हस्तक्षेप हुने उनको भनाइ थियो।

त्यसैगरी प्रधानमन्त्री कार्यालयमा विदेशी राजदूतमाथि दुर्व्यवहार भएको समाचारले नेपालको कूटनीतिक मर्यादा र अन्तर्राष्ट्रिय छविमा नकारात्मक असर परेको पनि उनले दाबी गरिन्।

सांसद ओलीले परराष्ट्रमन्त्री शिशिर खनाल ले कुवेतको सफर जेलमा रहेका नेपाली महिलाबारे दिएको अभिव्यक्तिलाई पनि चुनौती दिइन्। उनले जेलमा केवल सात जना मात्र नेपाली महिला रहेको भनाइप्रति असहमति जनाउँदै थप नेपाली महिलाहरूको उपस्थिति र अवस्था गम्भीर रहेको दाबी गरिन्।

ओलीले सम्बन्धित मन्त्रालयले आधिकारिक रिपोर्टमाथि मात्र भर नपरी वास्तविक अवस्थाको छानबिन गर्नुपर्ने आवश्यकता औँल्याएकी छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय