spot_img

गण्डक चोकमा चेकजाँच हुँदा लापसे सेवन गरेका ५ चालक पक्राउ

spot_img
spot_img

वीरगन्ज,०५ असार । वीरगन्जमा ट्राफिक प्रहरीले सवारी चालकहरूमा लागू पदार्थ सेवन (लापसे) नियन्त्रण गर्न चेकजाँचलाई कडाइ गरेको छ। यसैक्रममा शुक्रबार गण्डक चोक क्षेत्रमा गरिएको चेकजाँचका क्रममा ५ जना चालक नियन्त्रणमा लिइएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका अनुसार नारायणी अस्पतालको सहकार्यमा वीरगन्ज महानगरपालिका–१४ स्थित गण्डक चोकमा २२ वटा सवारीसाधनका चालकहरूको लापसे परीक्षण गरिएको थियो। तीमध्ये ५ जना चालकमा लागू पदार्थ सेवन गरेको पुष्टि भएको हो।

नियन्त्रणमा परेका चालकहरूमा एउटा निजी सवारीसाधनका चालक तथा चार जना सार्वजनिक सवारीसाधनका चालक रहेका छन्। उनीहरूलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको ट्राफिक प्रहरी निरीक्षक दीपेन्द्र श्रेष्ठले जानकारी दिए।

ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउन समय–समयमा यस्ता चेकजाँच अभियान सञ्चालन गर्दै आएको जनाएको छ। साथै, आगामी दिनमा पनि यस्तो अभियानलाई निरन्तरता दिइने प्रहरीले बताएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय