spot_img

स्रोत नखुलेको रु ३२ लाख नगदसहित दुई जना पक्राउ

spot_img
spot_img

जनकपुर,०६ असार । सर्लाही प्रहरीले स्रोत खुलाउन नसकिएको रु ३२ लाख नगदसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको रामनगर गाउँपालिका–३ का गुडु कुमार यादव र रामनगर गाउँपालिका–१ का २४ वर्षीय रुपेश कुमार यादव रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार असार ४ गते भारतबाट नेपालतर्फ ल्याइँदै गरेको उक्त रकम सवार मोटरसाइकलसहित मलंगवा नगरपालिका–१० स्थित झिम पुल क्षेत्रमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। प्रहरीले मधेस प्रदेश–०५–००१ प ११०६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा नगद बरामद गरेको जनाएको छ।

प्रहरीका अनुसार बरामद रकमको वैध स्रोत पुष्टि हुन नसकेपछि दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ। उनीहरूमाथि हुण्डी कारोबार सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। यसका लागि अदालतबाट सात दिनको म्यादसमेत प्राप्त गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय