spot_img

कक्षा १२ को पूरक परीक्षा साउन २ र ३ गते हुने

spot_img
spot_img

काठमाडौं,०६ असार । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका (पूरक) परीक्षाको तालिका सार्वजनिक गरेको छ। गोरखापत्रमार्फत प्रकाशित सूचनाअनुसार पूरक परीक्षा साउन २ र ३ गते दुई दिन सञ्चालन हुने भएको हो।

बोर्डका अनुसार एक विषयको मात्र परीक्षा दिने विद्यार्थीले विषय जुनसुकै भए पनि पहिलो दिन (साउन २) नै परीक्षा दिनुपर्नेछ। अनिवार्य अंग्रेजी विषयको परीक्षा पनि पहिलो दिनमै सञ्चालन हुनेछ।

यस्तै, अनिवार्य अंग्रेजी र अनिवार्य नेपाली दुवै विषयमा परीक्षा दिनुपर्ने विद्यार्थीले अंग्रेजी पहिलो दिन र नेपाली दोस्रो दिन (साउन ३) परीक्षा दिनुपर्नेछ। दुई विषयमा परीक्षा दिने सबै परीक्षार्थीका लागि दोस्रो दिन परीक्षा तोकिएको छ। परीक्षा बिहान ११ बजेदेखि सुरु हुने बोर्डले जनाएको छ।

पूरक परीक्षामा सहभागी हुन इच्छुक विद्यार्थीले असार १९ गतेभित्र प्रति विद्यार्थी ८०० रुपैयाँ शुल्क सम्बन्धित कार्यालयको खातामा बुझाइसक्नुपर्नेछ। तोकिएको मितिभित्र शुल्क नबुझाउनेले असार २६ गतेभित्र विलम्ब शुल्कसहित १६०० रुपैयाँ तिरेर आवेदन दिन सक्नेछन्।

त्यसका लागि विद्यार्थीले असार २८ गतेभित्र सम्बन्धित विद्यालयमार्फत भौचर वा अनलाइन भुक्तानीको प्रमाणसहित आवेदन फाराम बोर्डका कार्यालयमा बुझाइसक्नुपर्ने सूचनामा उल्लेख छ। उल्लेखनीय छ, परीक्षा बोर्डले हालै कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरिसकेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय