spot_img

रास्वपा महाधिवेशनमा प्रचण्ड अनुपस्थित रहने, वर्षमान पुनले गर्ने प्रतिनिधित्व

spot_img
spot_img

काठमाडाै,०६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी नहुने भएका छन्। स्वास्थ्य अवस्थाका कारण उनी चितवनमा हुने उद्घाटन समारोहमा उपस्थित हुन नसक्ने भएपछि पार्टीले नेता वर्षमान पुनलाई प्रतिनिधिका रूपमा पठाउने निर्णय गरेको हो।

रास्वपाले महाधिवेशनको उद्घाटन कार्यक्रममा सहभागी हुन प्रचण्डलाई औपचारिक निमन्त्रणा दिएको थियो। तर स्वास्थ्यमा पूर्ण सुधार नआएको र चिकित्सकले केही दिन आराम गर्न सुझाव दिएका कारण उनको सहभागिता रद्द भएको प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिएका छन्।

केही समयअघि स्वास्थ्य समस्याका कारण अस्पताल भर्ना भएका प्रचण्ड उपचारपछि डिस्चार्ज भए पनि अझै पूर्ण रूपमा स्वास्थ्य लाभ गरिसकेका छैनन्। यही कारण उनी सार्वजनिक कार्यक्रममा सहभागी हुन नसक्ने भएका हुन्।

यसैबीच, महाधिवेशनमा नेकपा (एमाले) का तर्फबाट केन्द्रीय सदस्य प्रदीप ज्ञवाली सहभागी हुने तय भएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन स्वयं उपस्थित हुने कार्यक्रम रहेको छ।

यता, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भने महाधिवेशनमा सहभागी नहुने जानकारी यसअघि नै सार्वजनिक गरिसकेका छन्।

चितवनमा आइतबारदेखि सुरु हुने रास्वपाको पहिलो महाधिवेशनलाई पार्टीको संगठन विस्तार, नेतृत्व चयन तथा भावी राजनीतिक दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय