काठमाडौँ,०६ असार । प्रधानमन्त्री वालेन्द्र शाहले मकालु बेस क्याम्प ट्रेकसम्बन्धी जानकारीसहितको भिडियो सार्वजनिक गर्दै हिमाली पर्यटन प्रवर्द्धनमा जोड दिएका छन्।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत मकालु बेस क्याम्प ट्रेकको भिडियो पोस्ट गर्दै उक्त क्षेत्रको यात्रा मार्ग, प्राकृतिक सौन्दर्य र ट्रेकिङ अनुभवबारे विस्तृत जानकारी दिएका हुन्।
यसअघि पनि उनले अपी हिमाल बेस क्याम्पको भिडियो सार्वजनिक गर्दै सो क्षेत्रलाई पर्यटन प्रवर्द्धनको केन्द्रमा ल्याएका थिए।
प्रधानमन्त्रीले सार्वजनिक गरेको पछिल्लो भिडियोमा मकालु क्षेत्रको ट्रेकिङ मार्ग, हिमाली दृश्य र यात्राको अनुभवलाई समेटिएको बताइएको छ।




