spot_img

सरकारले १०० दिनमा १० काम पनि गर्न नसकेको कांग्रेसको आरोप

spot_img
spot_img

काठमाडाै,०६ असार । नेपाली कांग्रेसले वर्तमान सरकारको कार्यसम्पादन कमजोर रहेको भन्दै सशक्त रूपमा खबरदारी गर्ने निर्णय गरेको छ।

शनिबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको संसदीय दल कार्यसमितिको बैठकले सरकारका कामकारबाहीको प्रारम्भिक समीक्षा गर्दै सरकारका कमजोरीविरुद्ध संसदमार्फत निरन्तर आवाज उठाउने निष्कर्ष निकालेको हो।

बैठकपछि महामन्त्री प्रदीप पौडेलले सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाए। उनका अनुसार सरकार गठन भएको १०० दिन बितिसक्दा पनि उल्लेखनीय उपलब्धि हासिल हुन सकेको छैन।

‘सरकारले सय दिनमा १० वटा महत्वपूर्ण कामसमेत गर्न सकेको छैन,’ उनले भने। महामन्त्री पौडेलले प्रमुख प्रतिपक्षी दलले लगातार विषय उठाउँदै आए पनि सरकारले त्यसप्रति गम्भीरता नदेखाएको आरोप लगाए। उनले अब संसदमार्फत सरकारका कमजोरीहरू निरन्तर उजागर गरिने बताए।

बैठकमा सांसदहरूलाई जनजीविकासँग सम्बन्धित मुद्दाहरूलाई प्रभावकारी रूपमा सदनमा उठाउन निर्देशन दिइएको थियो। साथै, विभिन्न मन्त्रालयका कामकारबाही अध्ययन गर्न पार्टीका नेताहरूलाई जिम्मेवारी पनि तोकिएको जनाइएको छ।

कांग्रेसले सरकारको गतिविधिमाथि निरन्तर निगरानी र खबरदारी जारी राख्ने जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय