spot_img

राष्ट्रिय स्वाधीनता जोखिममा रहेको भन्दै एकजुट संघर्षको आह्वान : नेता पाण्डे

spot_img
spot_img

काठमाडाै,०६ असार । नेपाल कम्युनिस्ट पार्टीका नेता राजेन्द्र पाण्डेले राष्ट्रिय स्वाधीनता खतरामा परेको दाबी गर्दै राजनीतिक शक्तिहरूलाई एकजुट भएर संघर्षमा उत्रन आह्वान गरेका छन्।

शनिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारको नीतिगत निर्णय र गतिविधि जनविरोधी बन्दै गएको आरोप लगाए। उनका अनुसार मुलुकको भूराजनीतिक अवस्था संवेदनशील बन्दै गएको र त्यसको असर प्रत्यक्ष रूपमा राष्ट्रिय हितमा परिरहेको छ।

पाण्डेले वर्तमान परिस्थितिको जिम्मेवारी राजनीतिक दलहरूको विगतका कमजोरीसमेत रहेको उल्लेख गर्दै अब सबै शक्ति मिलेर प्रतिवाद गर्नुको विकल्प नरहेको बताए। ‘हाम्रो विगतका गल्तीका कारण जनविरोधी शक्तिहरू सत्तामा पुगेका छन्, अब उनीहरूविरुद्ध एकताबद्ध संघर्ष आवश्यक छ,’ उनले भने।

उनले सरकारले ल्याएका नीतिहरूले सामान्य नागरिकभन्दा सम्पन्न वर्गलाई बढी लाभ पुर्‍याएको आरोप लगाए। विशेषगरी ५० युनिटभन्दा बढी विद्युत् खपतमा भ्याट लगाइएको विषयले निम्न तथा मध्यम वर्गलाई प्रत्यक्ष असर गर्ने उनको दाबी थियो।

कार्यक्रममा उनले सुकुमबासी समस्या समाधानमा राज्य उदासीन रहेको आरोप लगाउँदै करिब १३ लाख परिवारले स्थायी बसोबासको माग गरे पनि सुनुवाइ नभएको बताए।

भूराजनीतिक सन्तुलन कायम राख्नुपर्ने अवस्थामा नेपालले कठिन कूटनीतिक चुनौती सामना गरिरहेको उल्लेख गर्दै उनले भारत, चीन र अमेरिकासँगको सम्बन्ध थप संवेदनशील बन्दै गएको बताए।

कार्यक्रममा अन्य वक्ताहरूले पनि किसान आन्दोलनको इतिहास, वर्तमान सरकारको नीति तथा किसान र उत्पीडित वर्गमाथि परेको प्रभावबारे टिप्पणी गरेका थिए। उनीहरूले किसान संगठनहरू एकजुट भई सरकारका नीतिहरूविरुद्ध संघर्ष गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय