spot_img

कक्षा १२ को नतिजा छिटो ल्याउन हतार नगरिएको हो : शिक्षामन्त्री पोखरेल

spot_img
spot_img

काठमाडाै,०६ असार । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कक्षा १२ को नतिजा छिटो सार्वजनिक गर्न उत्तरपुस्तिका परीक्षणमा कुनै हतार नगरिएको स्पष्ट पारेका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले नतिजा छिटो ल्याउनका लागि प्रक्रियागत मापदण्ड कमजोर नबनाइएको बरु आवश्यक जनशक्ति बढाएर काम प्रभावकारी बनाइएको बताएका हुन्।

मन्त्री पोखरेलका अनुसार उत्तरपुस्तिका परीक्षणका क्रममा समपरीक्षणका लागि काठमाडौँ ल्याउनुपर्ने पुरानो व्यवस्था हटाइएको छ भने परीक्षण प्रक्रिया सम्बन्धित स्थानमै सम्पन्न गर्ने व्यवस्था मिलाइएको छ। यसले प्रक्रियालाई छिटो र सहज बनाएको उनले बताए।

‘उत्तरपुस्तिका परीक्षणमा हतार गरिएको होइन। बरु आवश्यक जनशक्ति बढाइएको छ, समपरीक्षण सम्बन्धित स्थानमै गर्न सकिने व्यवस्था गरिएको छ र लामो समयसम्म उत्तरपुस्तिका रोक्ने अभ्यास अन्त्य गरिएको छ,’ मन्त्री पोखरेलले भने।

उनले परीक्षण कार्यलाई प्रभावकारी बनाउन विगतभन्दा बढी जनशक्ति परिचालन गरिएको र प्रशासनिक ढिलाइ घटाइएको पनि उल्लेख गरे। तर यसलाई कुनै प्रकारको अव्यवस्थित वा हतारो प्रक्रिया नभएको उनको स्पष्टोक्ति छ।

मन्त्री पोखरेलले विगतमा नतिजा अत्यधिक ढिलो आउने अभ्यास सुधारिएको र यस वर्ष नतिजा ‘छिटो आएको’ देखिए पनि त्यसलाई प्रक्रियागत सुधारको परिणामका रूपमा बुझ्नुपर्ने बताए।

उनका अनुसार गत वर्षको तुलनामा यस वर्ष कक्षा १२ को उत्तीर्ण प्रतिशत करिब ८ प्रतिशतले वृद्धि भएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय