spot_img

सहकारी आन्दोलनले महिला सशक्तीकरणमा महत्वपूर्ण योगदान दिएको छ : मन्त्री पौडेल

spot_img
spot_img

काठमाडाै,०६ असार । बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी पौडेलले सहकारी आन्दोलनले आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको बताएकी छन्।

शनिबार आयोजित अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलनलाई सम्बोधन गर्दै उनले विशेषगरी महिला सशक्तीकरण, आत्मनिर्भरता र नेतृत्व विकासमा सहकारी क्षेत्रको योगदान उल्लेखनीय रहेको बताइन्।

उनका अनुसार सहकारी प्रणालीले महिलालाई बचत, लगानी, उद्यमशीलता, रोजगारी तथा निर्णय प्रक्रियामा सक्रिय सहभागी बन्ने अवसर प्रदान गर्दै आएको छ।

‘सहकारी आन्दोलनले विश्वभर आर्थिक–सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। विशेषगरी महिलाको सशक्तीकरण, आत्मनिर्भरता र नेतृत्व विकासमा यसको भूमिका प्रशंसनीय छ,’ मन्त्री पौडेलले भनिन्।

उनले महिलाको सक्रिय सहभागिताविना दिगो विकास सम्भव नहुने उल्लेख गर्दै महिलालाई समाज र अर्थतन्त्रको प्रमुख चालक शक्तिका रूपमा व्याख्या गरिन्।

‘महिलाहरू केवल परिवारका आधारस्तम्भ मात्र होइनन्, उनीहरू समाज र राष्ट्रिय अर्थतन्त्रका महत्वपूर्ण आधार पनि हुन्,’ उनले भनिन्।

मन्त्री पौडेलले सहकारी क्षेत्रले महिलाको नेतृत्व विकास, क्षमता अभिवृद्धि र आर्थिक अवसर विस्तारमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याइन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय