मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
19.9 C
Kathmandu
20.5 C
Kathmandu
29.3 C
Birgunj

काठमाडौं महानगरपालिकाे विकास बजेट ब्याजका लागि मुद्दती निक्षपमा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं – काठमाडौं महानगरपालिकाले विकासका लागि खर्च गर्नुपर्ने रकम ब्याजका लागि मुद्दती निक्षेपमा राखेको छ । आन्तरिक स्रोतबाट प्राप्त एक अर्ब बढी रकम महानगरपालिकाले एक निजी बैंकको मुद्दत्ति निक्षेपमा राखेको हो ।

- Advertisement -

महानगरपालिकाले ब्याज खाने नियतका साथ ९.५ प्रतिशत ब्याजदरमा नबिल बैंकमा मुद्दत्ति खातामा राजश्व राखेको हो । महानगरपालिका स्रोतका अनुसार यसरी राखिएको मुद्दत्ति निक्षेपको रकमबापतको प्राप्त कमिसन जनप्रतिनिधिदेखि कर्मचारीसम्मले खाँदैछन् ।

बजेट खर्च हुन नसक्ने भएपछि मुद्दति निक्षेप राम्रो ब्याज आर्जन हुने गरी पैसा राखिएको महानगरपालिकाका राजश्व विभाग प्रमुख नुरनिधि न्यौपानेले अनलाइनखबरलाई बताए ।

- Advertisement -

राजश्व विभाग प्रमुख न्यौपाने पनि विभिन्न ठूला योजनाको बजेट खर्च नहुने देखेपछि महानगरलाई ब्याज आम्दानी हुने गरी मुद्दति निक्षेपमा राखिएको तर्क छन् ।
‘यो वर्ष भवन निर्माणको प्रमाणीकरणबाट ठूलो रकम उठ्यो, त्यसैले हामीले नबिल बैंकमै सबै रकम जम्मा गर्छौं,’ उनले भने, ‘धेरै कम खर्च नभई बसेपछि ब्याज आउने गरी त्यहाँ नै राखेका हौं । अझै हामीसँग २ अर्ब जति खर्च नभएको रकमको तरलता छ ।’

उपमेयर हरिप्रभा खड्गी पनि सञ्चित कोषको रकम मुद्दति निक्षेपमा राखिएको कुरा आफूले पनि सुनेको बताउँछिन् । तर, कति रकम कसरी राखिएको छ भन्ने जानकारी नभएको उनले बताइन् ।

महानगरपालिकाले विकास बजेटलाई मुद्दत्तिमा निक्षेप राख्ने निर्णय गरेकोबारे उपमेयरजस्तै कतिपय वडाध्यक्षहरुले पनि आफूलाई जानकारी नभएको बताए । यस्तो प्रस्ताव नगरपरिषदमा ल्याएको जानकारीमा नरहेको वडाध्यक्षहरुको भनाइ छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -