Date
आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025
Date
आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

वीरगंज बीपी उद्यानको जग्गामा...

वीरगंज, २८ मंसिर - वीरगंज महानगरपालिकाले बीपी उद्यान खाली गर्न दिएको म्याद सकिएसँगै...

अध्यक्ष ओलीले केन्द्रीय कमिटी...

काठमाडौं, २८ मंसिर – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनकै बीचमा केन्द्रीय...

एमाले अजम्बरी रहेको ...

काठमाडौं,२६ मंसिर - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र अझै रहेको र...

देउवा, प्रचण्ड, माधव र...

काठमाडौं,२७ मंसिर – राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा नेपाल० का अध्यक्ष कमल थापा नेकपा...
spot_imgspot_imgspot_img
17.1 C
Kathmandu
23.8 C
Birgunj
spot_img

बैंग्लोरलाई हराउँदै दिल्ली शीर्ष स्थानमा, प्लेअफमा पुग्ने संभावना प्रवल

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध जीत निकाल्दै दिल्ली क्यापीटल्स् प्लेअफ सम्भावना बलियो बनाएको छ ।
फिरोज शाह कोट्ला रंगशाला घरेलु टोली दिल्लीले दिएको १सय८८ रनको लक्ष्य पछ्याएको् बैंग्लोरले २० ओभर पुरा खेल्दै ७ विकेट गुमाएर १ सय ७१ रन मात्रै बनाउन सक्यो । जीतसँगै दिल्ली आईपीएलको प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको छ ।
१२ खेल मध्ये ८ खेल जीतेको दिल्ली १६ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । बैंग्लोरका लागि अविजित रहेका मार्कस स्टोनिसले ३२ रन बनाउँदा ओपनिङ ब्याट्सम्यान पार्थिव पटेलले ३९ रन बनाए भने गुर्केराट सिंहले २७ रन बनाए ।
यस्तै, कप्तान विराट कोहलीले २३ रन, शिवम दुवेले २४ तथा ए भि डिभिलियर्सले १७ रन बनाएका थिए ।
बैंग्लोरविरुद्ध दिल्लीका स्पिनर अमित मिश्राले २ विकेट लिए । उनले ४ ओभर बलिङ गर्दै २९ रन खर्चेर २ विकेट लिए ।
कागिसो रबाडा, इशान्त शर्मा र शेरफाने रुथफोर्डले समान एक–एक विकेट लिए । दिल्लीबाट खेलेका सन्दीप् लामिछाने भने बैंग्लोरविरुद्ध महँगा सावित भए । उनले ३ ओभर बलिङ गरेर ३६ रन दिए ।
पहिलो ओभरमा १५ रन खर्चेका सन्दीपले दोस्रो ओभरमा ११ रन खर्चे भने तेस्रो ओभरमा १० रन दिएका थिए ।
यसअघि, टस जितेर पहिलो ब्याटिङ गरेको दिल्लीले निर्धारीत २० ओभर पुरा खेल्दै ५ विकेट गुमाएर १सय८७ रन बनाएको थियो । दिल्लीका लागि शेरफाने रुथफोर्डले उत्कृष्ट ब्इाटिङ गरे ।
अविजित रहेका उनले १३ बलमा २८ रन बनाउँदै बैंग्लोरविरुद्ध लक्ष्य लम्ब्याएका थिए । यस्तै, दिल्लीका कप्तान श्रयस अयर र शिखर धवनले अर्धशतक प्रहार गरेका थिए । जसमा कप्तान अयरले ५२ रन र धवनले ५० रन बनाएका थिए ।

ताजा समाचार

थप समाचार