Date
शुक्र, असार २७, २०८२
Fri, July 11, 2025
Date
शुक्र, असार २७, २०८२
Fri, July 11, 2025

गुरु पूर्णिमामा प्याब्सन बीरगन्ज–पर्साले...

बीरगन्ज, २६ असार -गुरु पूर्णिमाको पावन अवसरमा निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन प्याब्सन...

बागमती प्रदेश सरकारले २६...

काठमाडौं,२६ असार । चालु आर्थिक वर्ष बागमती सरकारको २६ प्रतिशत बजेट फ्रिज भएको...

सम्झौताअनुसार भारतले पानी नछोडदा...

बीरगन्ज,२६ असार । नेपाल–भारतबीच भएको गण्डक सम्झौताअनुसार भारतले पर्याप्त पानी नदिँदा बारा र...

डा. अरविन्द शाहको नेतृत्वमा...

बीरगन्ज,२६ असार । पर्साको पोखरिया अस्पतालले चिकित्सा क्षेत्रमा एउटा महत्त्वपूर्ण सफलता हासिल गरेको...
spot_imgspot_imgspot_img
23.5 C
Kathmandu
31.7 C
Birgunj
spot_img
spot_imgspot_imgspot_img

बैंग्लोरलाई हराउँदै दिल्ली शीर्ष स्थानमा, प्लेअफमा पुग्ने संभावना प्रवल

spot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध जीत निकाल्दै दिल्ली क्यापीटल्स् प्लेअफ सम्भावना बलियो बनाएको छ ।
फिरोज शाह कोट्ला रंगशाला घरेलु टोली दिल्लीले दिएको १सय८८ रनको लक्ष्य पछ्याएको् बैंग्लोरले २० ओभर पुरा खेल्दै ७ विकेट गुमाएर १ सय ७१ रन मात्रै बनाउन सक्यो । जीतसँगै दिल्ली आईपीएलको प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको छ ।
१२ खेल मध्ये ८ खेल जीतेको दिल्ली १६ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । बैंग्लोरका लागि अविजित रहेका मार्कस स्टोनिसले ३२ रन बनाउँदा ओपनिङ ब्याट्सम्यान पार्थिव पटेलले ३९ रन बनाए भने गुर्केराट सिंहले २७ रन बनाए ।
यस्तै, कप्तान विराट कोहलीले २३ रन, शिवम दुवेले २४ तथा ए भि डिभिलियर्सले १७ रन बनाएका थिए ।
बैंग्लोरविरुद्ध दिल्लीका स्पिनर अमित मिश्राले २ विकेट लिए । उनले ४ ओभर बलिङ गर्दै २९ रन खर्चेर २ विकेट लिए ।
कागिसो रबाडा, इशान्त शर्मा र शेरफाने रुथफोर्डले समान एक–एक विकेट लिए । दिल्लीबाट खेलेका सन्दीप् लामिछाने भने बैंग्लोरविरुद्ध महँगा सावित भए । उनले ३ ओभर बलिङ गरेर ३६ रन दिए ।
पहिलो ओभरमा १५ रन खर्चेका सन्दीपले दोस्रो ओभरमा ११ रन खर्चे भने तेस्रो ओभरमा १० रन दिएका थिए ।
यसअघि, टस जितेर पहिलो ब्याटिङ गरेको दिल्लीले निर्धारीत २० ओभर पुरा खेल्दै ५ विकेट गुमाएर १सय८७ रन बनाएको थियो । दिल्लीका लागि शेरफाने रुथफोर्डले उत्कृष्ट ब्इाटिङ गरे ।
अविजित रहेका उनले १३ बलमा २८ रन बनाउँदै बैंग्लोरविरुद्ध लक्ष्य लम्ब्याएका थिए । यस्तै, दिल्लीका कप्तान श्रयस अयर र शिखर धवनले अर्धशतक प्रहार गरेका थिए । जसमा कप्तान अयरले ५२ रन र धवनले ५० रन बनाएका थिए ।

ताजा समाचार

spot_img

थप समाचार