बुध, मंसिर २०, २०८०
Wed, December 6, 2023
बुध, मंसिर २०, २०८०
Wed, December 6, 2023
15.1 C
Kathmandu
15.1 C
Kathmandu
21.8 C
Birgunj

भारतमा बस दुर्घटना, १० जनाको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

नयाँ दिल्ली– भारतको हिमाञ्चल प्रदेशमा भएको बस दुर्घटनामा कम्तीमा दश जनाको मृत्यु भएको छ ।  यात्रुबहाक बस सडकबाट झण्डै दुई सय मिटर तल खसेपछि भएको दुर्घटनामा परी घाइते भएका २६ मध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ ।

- Advertisement -

शनिबार राति चम्बा जिल्लाको पन्चपुल गाउँमा दुर्घटना भएको प्रहरी अधिकारीले आइतबार जानकारी दिएका छन् । घटनास्थल हिमाञ्चल प्रदेशको राजधानी शिम्लादेखि ३२७ किलोमिटर टाढा पर्दछ ।

‘गतराति यात्रु बोकेको बस पन्चपुल नजिकैबाट झण्डै २०० मिटर तल खस्यो, दुर्घटनामा परी दश जनाको घटनास्थलमै मृत्यु भएको छ,’ एक प्रहरी अधिकृतले भने ।

- Advertisement -

उनले अन्य केही घाइते भएका र उनीहरुको विभिन्न ठाउँमा उपचार भइरहेको पनि जानकारी दिएका छन् ।

प्रहरीका अनुसार चालकले नियन्त्रण गुमाएपछि दुर्घटना भएको हो । दुर्घटनामा परी चालक पनि घाइते भएका छन् ।

हिमाञ्चल प्रदशेका मुख्यमन्त्री जयराम ठाकुरले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकको आत्माको शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति सहानुभूति व्यक्त गरेका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -