Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025
Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025

सर्वोच्च अदालत आजदेखि पूर्ण...

काठमाडौं,०१ मंसिर । सर्वोच्च अदालत आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ। गत भदौ २४...

सरकारले चासो नदेखेकाले आन्दोलन...

काठमाडौँ,०१ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले...

एनपीएलको सुरक्षाका लागि १५...

काठमाडौँ,०१ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को दोस्रो संस्करणको सुरक्षाका लागि...

एनपीएलमा जनकपुर बोल्ट्सको खराब...

काठमाडौँ,०१ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको उद्घाटन खेलमा जनकपुर बोल्ट्सले...
spot_imgspot_imgspot_img
18.1 C
Kathmandu
24.9 C
Birgunj
spot_img

प्रदेश २ : फोरम नेपालको अध्यक्षको लागि ३ जनाकाे दाबेदारी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं – संघीय समाजवादी फोरम नेपालको प्रदेश २ मा अध्यक्षको लागि तीनजना प्रतिष्पर्धीले दाबेदारी गरेका छन् ।

शनिबारदेखि शुरु भएको प्रदेश अधिवेशनमा सर्वसम्मति नहुँदा आइतबार साँझदेखि मतदान शुरु भएको छ । अध्यक्षमा रेणु यादव (सप्तरी), विजय यादव (सिरहा) र अशोक यादव (सर्लाही) चुनावी प्रतिस्पर्धा रहेको छ । रेणु यादव पार्टीका केन्द्रीय उपाध्यक्ष हुन् । उनी यसअघि प्रदेशका अध्यक्ष थिइन् ।

त्यसैगरी, विजय यादव केन्द्रीय कोषाध्यक्ष हुन् । हाल उनी प्रदेश २ आर्थिक मामिलामन्त्री पनि हुन् । अशोक यादव प्रदेशसभाका सदस्य हुन् भने पार्टी प्रदेश समितिका सदस्य पनि हुन् ।

चुनावमा तीनजनाको प्रतिष्पर्धा भएपनि रेणु यादव र विजय यादवबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । तीनजना उपाध्यक्ष, एकजना महासचिव, सचिव दुईजना, कोषाध्यक्ष एकजनामा सहमति भएको छ भने बाँकी सबै सदस्यको बीचमा प्रतिस्पर्धा भइरहेको प्रतिनिधिसभा सदस्य एवं पर्सा जिल्ला अध्यक्ष प्रदीप यादवले बताए ।

ताजा समाचार

थप समाचार