spot_img

नारायणी अस्पतालमा एक सातादेखि एन्टी रेबिज भ्याक्सिनको अभाव

spot_img
spot_img

 वीरगन्ज : वीरगन्जको नारायणी अस्पतालमा एक सातादेखि एन्टी रेबिज भ्याक्सिनको अभाव भएको छ। भ्याक्सिनको अभाव हुँदा उपचारका लागि अस्पतालमा पुग्ने सेवाग्राही मर्कामा परेका छन्।

कुकुरले टोकेपछि लगाउनुपर्ने एन्टी रेबिजभ्याक्सिन नारायणी अस्पतालले निशुल्क उपलब्ध गराउँदै आएको छ।  तर अस्पतालमा एक सातायता एन्टी रेबिज भ्याक्सिन सकिएका कारण नारायणी अस्पतालमा उपचारका लागि पुग्ने सेवाग्राही अस्पताल बाहिरको निजी औषधि पसलबाट चर्को मुल्यमा भ्याक्सिन खरिद गर्न बाध्य छन्।

कुकुरले टोकेका घाइतेलाई चिकित्सकको सल्लाहमा आवश्यकता अनुसार चारदेखि पाँचवटा भाइल एन्टि रेबिज भ्याक्सिन लगाउनुपर्ने हुन्छ। अस्पतालमा भ्याक्सिन सकिएको भन्दै स्वाथ्यकर्मीले जनाएपछि सेवाग्राही अस्पताल बाहिरका निजी औषधी पसलबाट पाँच सय ५० रुपैयाँको दरमा भ्याक्सिन खरिद गर्न बाध्य छन्।

१० वर्षीय छोरा निरज कुमारलाई कुकुरले टोकेपछि उपचारका लागि बिहीबार बिहान ११ बजे नारायणी अस्पतालमा पुगेका बारा इटीयाहीका अमीरा साह सोनारले अस्पतालमा एन्टि रेबिज भ्याक्सिन नपाएपछि बाहिरको औषधि पसलबाट एउटा भ्याक्सिन पाँच सय ५० रुपैयाँमा खरिद गरेको बताए।

नारायणी अस्पतालको आकस्मिक कक्षमा कार्यरत सिनियर अहेब प्रह्लाद साहले पनि अस्पतालमा एन्टी रेबिज भ्याक्सिन सकिएकाले सेवाग्राही निजी औषधि पसलबाट सुइ किन्न बाध्य भएको स्वीकारे।

पर्साकै ग्रामीण भेगमा रहेको पोखरीया अस्पतालमा पनि केहि महिनादेखि एन्टी रेबिज भ्याक्सिन सकिएकाले ग्रामीण भेगका कुकुरले टोकेका बिरामी पनि नारायणी अस्पतालमै आउन थालेकाले भ्याक्सिनको अभाव हुन थालेको साहले बताए।साहका अनुसार नारायणी अस्पतालमा पर्सा, बारा, रौतहट, सर्लाही, मकवानपुर जिल्लासम्मका बिरामीहरु उपचारका लागि आउने गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय