Date
शनि, असार ७, २०८२
Sat, June 21, 2025
Date
शनि, असार ७, २०८२
Sat, June 21, 2025

राजविराज भन्सारबाट ११ महिनामा...

राजविराज,०७ असार । राजविराज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा...

जनावर तर्साउने विद्युतीय धराप...

जनकपुर,०७ असार । जङ्गली जनावरबाट बाली जोगाउन खेतमा जडान गरिने विद्युतीय धराप किसानहरूको...

बजेट वितरणमा बेइमानी नगर्न...

काठमाडौं,०७ असार । नेकपा (एकीकृत समाजवादी) का सांसद कृष्णकुमार श्रेष्ठले बजेट विनियोजनमा गरिएको...

पीस जोन एकेडेमीद्धारा चिसो...

बीरगन्ज,०७ असार । बीरगन्जको बसपार्क क्षेत्रमा शनिवार पीस जोन एकेडेमीका विद्यार्थीहरूले यात्रु र...
spot_imgspot_imgspot_img
24.9 C
Kathmandu
36.1 C
Birgunj
spot_imgspot_imgspot_img

साझा विवेकशीलले भन्याे : नेपालीसँग बिहे गर्ने विदेशीलाई ७ वर्षपछि नागरिकता दिनुपर्छ !

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं – साझा विवेकशील पार्टीले नेपाली नागरिकसँग बिहे गर्ने विदेशीले नेपाली नागरिकता लिन ७ वर्ष स्थायी बसोबास गरेको व्यवस्था गर्नुपर्ने धारणा राखेको छ ।

- Advertisement -

नागरिकता विधेयकमाथि मंगलबार आफ्नो धारणा राख्दै साझा विवेकशील पार्टीले महिला वा पुरुष जो भए पनि नेपालीसँग बिहे गरी आउने विदेशी नागरिक ७ वर्ष नेपालमै स्थायी बसोबास गरेपछि मात्र नागरिकता पाउने व्यवस्था गर्नुपर्ने बताएको हो ।

‘नागरिकता नपाउँदासम्म पारिवारिक सम्बन्ध व्यवस्थापन गर्न, कानूनीरूपमा निर्वाह गर्नुपर्ने भूमिका निर्वाह गर्न र अन्य अत्यावश्यक कार्यहरू गर्नका लागि विशेष परिचय पत्र प्रदान गर्न सकिन्छ’, प्रवक्ता सूर्यराज आचार्यद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘त्यसो गर्दा महिला र पुरूषबीच नागरिकता वितरणमा रहेको एउटा प्रमुख विभेद अन्त्य हुन्छ ।’

हाल नेपालमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले विदेशी नागरिकता त्याग गरेको प्रमाण पेश गर्नेवित्तिकै नागरिकता पाउने व्यवस्था छ भने नेपाली महिलासँग विहे गरेका विदेशी पुरुषले नागरिकता पाउने व्यवस्था छैन ।

संसदमा नागरिकतासम्बन्धी विधेयक छलफलमा रहेका बेला अधिकारकर्मीले नेपाली महिला र पुरुषले बिहे गर्दा उनीहरुको जीवनसाथीले पाउने नागरिकताको विषयमा समान कानूनको व्यवस्था हुनुपर्ने धारणा राख्दै आएका छन् ।

साझा विवेकशीलले आमाको नागरिकता लिँदा बुबाको पहिचान खुलाउनुपर्ने व्यवस्था विभेदकारी रहेको भन्दै संभव भए बुबाआमा दुबैको परिचय खुलाउनु उपयुक्त हुने बताएको छ । ‘तर कसैले नागरिकता प्राप्त गर्नकै लागि गलत सूचना दिएको भेटिएमा कुनै पनि बेला कानुन बमोजिम कारवाही गरि उक्त नागरिकता खारेज गरिनु पर्छ’, साझा विवेकशीलले भनेको छ ।

साझा विवेकशीलले २०५४ सालमा जितेन्द्रनारायण देवको समितिले ३४ हजार व्यक्तिलाई जन्मको आधारमा दिएको नागरिकता खारेज गर्न पनि माग गरेको छ । त्यस्तै जन्मका आधारमा नागरिकता प्राप्त गरेका नागरिकले नागरिकता प्राप्त गरेको मितिपछि जन्मिएका सन्तानलाई वंशजको नागरिकता प्रदान गर्नु न्यायसंगत हुने पनि बताएको छ ।

ताजा समाचार

spot_img

थप समाचार