Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025
Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025

नहुने चुनावको पैरवी गरेर...

काठमाडौं,०१ मंसिर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नहुने चुनावको पैरवी गरेर एमालेले...

आशिफको अर्धशतकमा जनकपुरले काठमाडौंलाई...

काठमाडौं,०१ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजलाई...

सर्वोच्च अदालत आजदेखि पूर्ण...

काठमाडौं,०१ मंसिर । सर्वोच्च अदालत आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ। गत भदौ २४...

सरकारले चासो नदेखेकाले आन्दोलन...

काठमाडौँ,०१ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले...
spot_imgspot_imgspot_img
18.1 C
Kathmandu
24.9 C
Birgunj
spot_img

कलाकार बिहिन अवार्ड

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

अवार्डमा कलाकार जान मन नगर्नुको कारण के होला ? अवार्डमा फिल्मीकर्मीको उपस्थिती हुन छाड्दा त्यो अवार्ड कसका लागि गर्ने ? शनिबार राजधानीको हिरारत्न हलमा आयोजना भएको ११ औं डी सिने अवार्डमा यो समस्या देखिएको छ ।

अवार्ड ३ बजे सुरु हुने भनिएको थियो तर कलाकार र फिल्मीकर्मी नै नआउँदा ५ बजे सुरु गर्न आयोजक बाध्य भयो । ५ बजे सुरु गर्दा पनि अवार्डमा कलाकारको उपस्थिती न्यून भयो, हल भरिन नै सकेन । अवार्डमा सहभागी हुन यात्रा फिल्मका सदस्यहरु बढी देखिए ।

निर्देशक सम्राट शाक्य, अभिनेता सलिनमान बनियाँ, कलाकार सलोन बस्नेत, रेअर राई, जाहन्वी बस्नेत, निर्माता केशव भट्टराई लगायत अवार्ड कार्यक्रममा देखिएका थिए । अभिनेत्रीहरुमा टप ७ मा पर्ने कोही पनि नआउँदा अवार्ड आयोजक निन्याउरो भए । अवार्डमा सहभागी हुन अभिनेत्री नम्रता सापकोटा, रेजिना उप्रेती, पवित्रा आचार्य, जाहन्वी बस्नेत मात्र पुगे ।

अरु दर्शकले चिन्ने कलाकारलाई अवार्डको हलमा पाउन मुश्किल भयो । अवार्डका अध्यक्ष शान्तिप्रियले अवार्ड गरेर कसैको पनि हानी नभएको भने । उनले, अवार्डको बारेमा फिल्मीकर्मीले नै कुरा किन काटेका होलान् पनि भने ।

अवार्ड गरेर घाटा हुँदैन । तर, अवार्ड सही मान्छेले पाएन भने त्यो गर्नुको अर्थ पनि हुँदैन । डी सिने अवार्डको आयोजकले यो कुरा सोच्न पर्छ । डी सिने अवार्डमा मात्र होइन, अहिले नेपालमा हुने अवार्डमा कलाकार नै पुग्दैनन् ।

दर्शकले चिनेका कलाकार नपुग्दा संचारमाध्यमले कभरेज गरेका खबरमा दर्शकको ध्यान हुँदैन । यसले अवार्ड झनै फितलो देखाउँछ । अवार्डको आयोजकले यसको निष्पक्षतामा त ध्यान दिनपर्छ, अवार्डको भव्यतामा पनि ध्यान दिन पर्छ ।अवार्ड आयोजना हुने स्थानमा पनि धेरैको ध्यान टिकेको हुन्छ । अवार्डलाई भव्यता दिनका लागि स्थान छनोटमा पनि ध्यान दिनपर्छ ।

अवार्डको व्यवस्थापन, बनाबट, साजसज्जा सबै कुराले त्यसको भव्यता झल्काउँछ । अवार्ड आयोजना गर्दा कञ्जुस्याइँ गरियो भने फितलो हुन्छ ।
अवार्ड आयोजना गर्ने आयोजकले आफ्नो कमजोरी स्विकारेर मुल्यांकन गर्नु आवश्यक छ । मुल्यांकन गरेर सुधार्ने हो भने कलाकार पुग्छन् । तर, अवार्डको नोमिनेशनदेखि नै त्यसमा फिल्मीकर्मीको उत्साह ल्याउन आवश्यक छ ।

ताजा समाचार

थप समाचार