spot_img

भोट दिनको लागि भारतीय कामदार घर फर्किदै

spot_img
spot_img

मलंगवा — भोट दिनको लागि घर फर्किदै भारतीय कामदार सर्लाहीको विभिन्न स्थानको इँटा भट्टा तथा प्लाई उद्योगमा काम गर्दै आएका भारतीय कामदार भोट खसाल्न घर फर्किन थालेका छन् ।

भारतमा जारी लोकसभा निर्वाचनमा भोट हाल्नका लागि कामदार घर फर्किन थालेका हुन्। सर्लाहीसँग सीमा जोडिएको बिहारको सीतामढी जिल्लामा सोमबार निर्वाचन हुँदैछ। भोट खसाल्ने दिन नजिकिएपछि उनीहरु काम गर्ने उद्योगबाट छुट्टि लिएर घर जान थालेका हुन्।

पाँच वर्षमा आउने चुनावमा भोट हाल्नका लागि काम छोडेर घर जान लागेको सीतामढी जिल्ला विशनपुर ग्रामपंचायत फरछहियाका शुकदेव दासले बताए। नवलपुरको इँटा उद्योगमा काम गर्दै आएका दास ४ दिनको छुट्टी लिएर घर जान लागेका हुन्।

सोमबार लोकसभाको चुनाव छ’, दासले भने, भोट खसाल्नका लागि घर जाँदैछु । उनलाई काम गर्ने स्थानबाट घर पुग्न दुई घण्टा लाग्छ ।

चुनावको दिन सीमा शिल हुन्छ, उनले भने, त्यही भएर एकदिन अगाडि नै घर जाँदै छु । अरु साथी शनिबारनै घर गइसका छन् ।

जिल्लामा करिब ८० वटा इँटा उद्योग छन्। अधिकांश इँटा उद्योगमा भारतीय कामदारनै रहेको उद्योग व्यवसाय संघका सर्लाही अध्यक्ष मेथुर चौधरीले बताए । जिल्लाको इँटा भट्टामा करिब ८० प्रतिशत भारतीय कामदारनै काम गर्छन् ।

सोमबार हुने चुनावमा भोट हाल्नका लागि कतिपय दुई दिन अगाडि गइसकेका छन् । अरु आइतबार जादैं छ। आइतबार साँझसम्म सबैजना घर गइसक्ने चौधरीले बताए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय