Date
शनि, असार ७, २०८२
Sat, June 21, 2025
Date
शनि, असार ७, २०८२
Sat, June 21, 2025

राजविराज भन्सारबाट ११ महिनामा...

राजविराज,०७ असार । राजविराज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा...

जनावर तर्साउने विद्युतीय धराप...

जनकपुर,०७ असार । जङ्गली जनावरबाट बाली जोगाउन खेतमा जडान गरिने विद्युतीय धराप किसानहरूको...

बजेट वितरणमा बेइमानी नगर्न...

काठमाडौं,०७ असार । नेकपा (एकीकृत समाजवादी) का सांसद कृष्णकुमार श्रेष्ठले बजेट विनियोजनमा गरिएको...

पीस जोन एकेडेमीद्धारा चिसो...

बीरगन्ज,०७ असार । बीरगन्जको बसपार्क क्षेत्रमा शनिवार पीस जोन एकेडेमीका विद्यार्थीहरूले यात्रु र...
spot_imgspot_imgspot_img
24.9 C
Kathmandu
36.1 C
Birgunj
spot_imgspot_imgspot_img

प्रदेश १ राजधानी विवाद, विराटनगरमा विहानै देखि प्रदर्शन

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

विराटनगर । प्रदेश नं। १ को स्थायी राजधानीको विषयलाई लिएर विराटनगरमा आन्दोलन सुरु भएको छ । प्रदेश सरकारले छलकपटपूर्ण तरिकाले प्रदेशको राजधानी विराटनगरबाट अन्यत्र सार्ने षड्यन्त्र गरेको भन्दै विराटनगरलाई नै स्थायी राजधानी तोक्न माग गर्दै स्थानीयहरु आन्दोलित बनेका छन्।

- Advertisement -

आइतबार विराटनगर महानगरपालिकाको आह्वानमा बसेको सर्वपक्षीय बैठकले बिकेन्दीकरण नगरी विराटनगरलाई नै स्थायी राजधानी बनाउनुपर्ने मागसहीत अनिश्चतकालीन हड्ताल गरेको हो। सोही निर्णयअनुसार विराटनगर आज विहानैदेखी बन्द गरिएको छ । विराटनगरका नेकपा, नेपाली कांग्रेस, संघीय समाजवादी फोरम, राजपालगायत सम्पूर्ण राजनीतिक दल, नागरिक समाज आन्दोलनमा उत्रिएको छ।

बिहानैदेखी आन्दोलनमा उत्रिएका स्थानीयले विराटनगरको महेन्द्र चोक, देवकोटा चोक, गुद्री, हाटखोलालयायतका ठाउँमा टायर बालेर प्रदर्शन गरेका छन्। राजधानीको विषयलाई लिएर आक्रोशित बनेका विराटनगरवासीले प्रदेशसभा भवन अगाडीसमेत प्रदर्शन गरेका छन्।

उनीहरुले विराटनगरलाई विकेन्द्रीकरण नगरी स्थायी राजधानी नबनाएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन्। प्रदेश सरकारले अझ विराटनगरमाथि षड्यन्त्र गरे कडा भन्दा कडा आन्दोलनमा उत्रीन नेपाली कांग्रेस मोरङका सचिव नागेस कोइरालाले आह्वान गरेका छन्। प्रदेश सरकारको नेतृत्व गरेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आइतबार संसद सचिवालयमा औपचारीक रुपमा राजधानीको प्रस्ताव दर्ता गरेको छ।

यता नेपाली कांग्रेस र फोरमले भने विराटनगरलाई मात्रै राजधानी बनाउन आइतबार नै छुट्टै प्रस्ताव दर्ता गरिसकेका छन्। सुरक्षा स्थित मजबुत बनाउन प्रदेशसभा भवन अगाडी बोक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ। त्यस्तै सम्भावित प्रदर्शन स्थलहरुमा कुनै अप्रिय घटना हुन नदिन बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको मोरङ प्रहरीले जनाएको छ ।

ताजा समाचार

spot_img

थप समाचार