लिग–२ मा आज नेपाल–ओमान भिडन्त

spot_img

काठमाडौं,१६ वैशाख । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी त्रिकोणात्मक शृंखलामा नेपालले आज ओमान विरुद्ध महत्वपूर्ण खेल खेल्दैछ।

खेल बिहान साढे ९ बजेदेखि त्रिवि क्रिकेट मैदान मा सुरु हुनेछ। नेपालले यसअघि पहिलो खेलमा यूएई लाई पराजित गर्दै आत्मविश्वास बढाएको छ, जबकि ओमान पहिलो खेलमा यूएईसँग पराजित भएको थियो।

अंकतालिकामा नेपाल २१ खेलबाट १४ अंकसहित सातौं स्थानमा रहेको छ भने ओमान २५ खेलमा २९ अंकसहित तेस्रो स्थानमा छ। यूएई २२ खेलमा १२ अंकसहित पुछारतिर रहेको छ।

आजको खेल नेपालका लागि अंक सुधार गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। घरेलु मैदानको साथ र पछिल्लो जितको लयलाई निरन्तरता दिन सके नेपाललाई तालिकामा माथि उक्लिन सहज हुने अपेक्षा गरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय