शुक्रबार, भदौ २८, २०८१
Fri, September 13, 2024

रौतहटको मौलापुर नगरपालिका ९...

 २८ भदौ, रौतहट ।  रौतहटको मौलापुर नगरपालिका -९ का वडा अध्यक्ष श्याम किशोर साहमाथि...

रोहित पौडेल बने उत्कृष्ट...

२८ भदौ, काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले पल्सर स्पोर्ट्स अवार्ड...

चीनले सन् १९५० पछि...

२८ भदौ, काठमाडौं । सन् १९५० पछि पहिलो पटक चीनले अवकाशको उमेर बढाउने भएको...

संवैधानिक परिषदको बैठक अनिर्णित,...

२८ भदौ, काठमाडौं । संवैधानिक परिषदको बैठक अनिर्णित भएको छ । प्रधानन्यायाधीश सिफारिश गर्न आज...
21.1 C
Kathmandu
25.8 C
Birgunj

पेटमा कसरी जम्मा हुन्छ ग्याँस ?

सिफारिस

ग्याँसका कारण भोक कम लाग्ने, छाती दुख्ने, सास लिन समस्या हुने तथा पेट फुल्ने आदि समस्या आइलाग्छ । पेटमा राम्रा–नराम्रा ब्याक्टेरियाको सन्तुलन बिग्रँदा ग्याँस बन्छ । कहिलेकाहीँ कुनै रोगको साइडइफेक्टका रूपमा पनि ब्याक्टेरियाको सन्तुलन बिग्रन्छ । लसुन, प्याज आदिले समेत ब्याक्टेरियाको सन्तुलन बिगार्छन् । उमेर बढ्दै जाँदा पाचन प्रणाली कमजोर हुँदै जान्छ । दूध र (दहीबाहेक) दूधबाट बनेका कुरा राम्रोसँग पच्न पाउँदैनन् र ग्याँस बन्छ ।
४५ वर्षमाथिका मानिसले दही मात्र खानु उपयुक्त हुन्छ, अरू कुनै दुग्धपदार्थ खानुअघि धेरै पटक सोच्नुपर्छ । कब्जियतको समस्या हुँदा शरीरको विषाक्त पदार्थ राम्रोसँग बाहिर निस्कन पाउँदैन । त्यसले गर्दा पनि ग्याँस बन्छ । दिनभरिमा १० गिलास पानी पिउनुपर्छ । फाइबर बढी भएका खानेकुरा खानुपर्छ । कतिपय एन्टिबायोटिकका कारण पेटमा राम्रो ब्याक्टेरिया बन्न पाउँदैन जसले गर्दा खाएको कुरा पच्न समस्या हुन्छ अनि ग्याँस बन्छ ।

- Advertisement -

एन्टिबायोटिक खाँदा पाचनमा समस्या सिर्जना भए चिकित्सकलाई भनेर ग्यास्ट्रोरेजिस्टेन्ट औषधि लिन सकिन्छ । कहिलेकाहीँ छिटोछिटो खाना खाँदा राम्रोसँग पच्न पाउँदैन र ग्याँसको समस्या आइलाग्छ । खाना खाँदा आरामले चपाएर खानुपर्छ, गफ गर्दै खानु हुँदैन । मैदाबाट बनेका कुरा, जंक फुड अनि तारेको खानेकुरा खानु हुँदैन । सन्तुलित भोजनका साथ दिनको आधा घन्टा नियमित रूपमा व्यायाम गर्नुपर्छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार