Date
सोम, असार २, २०८२
Mon, June 16, 2025
Date
सोम, असार २, २०८२
Mon, June 16, 2025

बीरगन्ज भन्सारबाट ११ महिनामा...

बीरगन्ज,०२ असार । बीरगन्ज भन्सार कार्यालयले चालु आवको एघार महिनामा रु एक खर्ब...

त्रिदेशीय टी२० शृंखलाः आज...

काठमाडौं,०२ असार । स्कटल्याण्डमा जारी त्रिदेशीय टी(२०आई शृंखलाको आफ्नो पहिलो खेलमा नेपालले आज...

पर्सामा २,४०० अवैध ब्रोइलर...

बीरगन्ज,०२ असार । सशस्त्र प्रहरी बल नेपाल, नम्बर १३ गण मुख्यालय पर्साबाट खटिएको...

सांसद महतोको प्रश्न :...

काठमाडौं,०२ असार । सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक एवं सांसद...
spot_imgspot_imgspot_img
24.1 C
Kathmandu
31.9 C
Birgunj
spot_imgspot_imgspot_img

फेसबुकमा साथी बनाएर ४० हजारको जागिर भन्दै १ सय ११ जनालाई ठगे

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

सिन्धुली, २४ बैशाख – तपाइँ फेसबुकमा बनेका साथिलाई कत्तिको विश्वास गर्नुहुन्छ ? तर झट्ट र भरपर्दो विश्वास चाहिँ गरिन हाल्नु है, सिन्धुलीमा यस्तै फेसबुकमा बनेका साथीले मासिक ४० हजार रुपैयाँको जागिर लगाइदिने भन्दै १११ जना युवा युवतीलाई ठगेर बेपत्ता भएका छन् ।

- Advertisement -

सिन्धुली जिल्लाकै गोलान्जोर गाँउपालिका–४, तीनकन्याका कुमार भन्ने एकेन्द्र मगर, हेमराज गुरुङ, पाथीभरा आयुर्वेद हस्पिटल, सिनामंगल काठमाण्डौका बीपी तिमल्सिना र सिन्धुपाल्चोक घर बताउने गोपाल भण्डारीले जागिर लगाई दिने नाममा ठगी गरेको भन्दै पीडितहरुले कारबाहीको माग गरी प्रहरीमा उजुरी गरेका छन् ।

फेसबुकको साथीबाट ठगिनु भएकी तीनपाटन गाउँपालिका–५ की २१ वर्षीया कुसुम कार्की भन्नुहुन्छ, ‘फेसबुकमा साथी बनेका एकेन्द्रले जागिरका लागि फर्म भर्न लगाए । मैले एकेन्द्रले भने अनुसार नै छ हजार सात सय रुपैयाँ तिरेर फर्म भरेँ र तीन दिने तालिम लिएर गाँउमा गएर दुई महिना काम गरे ।

- Advertisement -

मासिक ३० हजार तलब र १० हजार फिल्ड भत्ता गरी ४० हजारको जागिर लगाइदिने भन्दै उनीहरुले १११ जनासँग प्रति व्यक्ति ६ हजार सात सय रुपैयाँ उठाएर बेपत्ता भएका पीडित कुसुमले जानकारी दिनुभयो ।

उनीहरुले फर्म भरेका सबैलाई काठमाण्डौमा बोलाएर गएको पुस २५,२६ र २७ गते सीटीईभीटीको प्रमाणपत्र तीन महिनापछि आउँछ भन्दै तालिम दिएका थिए ।

त्यसपछि माघ १६ गतेदेखि सिन्धुलीका सबै गाँउपालिकाका वडामा खटाएर दुई महिनासम्म स्वास्थ्य सम्बन्धी तथ्यांक संकलनको काम लगाएको भए पनि कसैले अहिलेसम्म तलब नपाएको उहाँको गुनासो छ ।

उहाँले भन्नुभयो, ‘दुई महिनासम्म फिल्डमै बसेर काम गरेको तलब पाउनु त कता हो कता ! प्रमाणपत्र पनि पाइएन, बरु काम लगाउने नै अहिले बेपत्ता छन् ।’

जिल्ला प्रहरी कार्यालयका अनुसार नेटवर्क बनाएर ठगी गर्नेमध्ये हेमराज गुरुङलाई प्रहरीले पक्राउ गरी कारबाही प्रकृया अघि बढाएको छ भने अन्य फरार छन् ।

पीडितको उजुरीका आधारमा प्रहरीको अनुसन्धानपछि जिल्ला तथा गाँउमै रोजगारी दिने भन्दै जिल्लाका १११ जना युवायुवतीहरुलाई ठगेको खुलेको छ । राम्रो तलब र सुविधासहितको जागिर हुने भन्दै फेसबुकबाट नेटवर्क बनाएर उनीहरुलाई ग्रीन क्लब नेपाल संस्थाको नामबाट ठगेको खुलेको हो ।

प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले ठगी गर्नेमध्ये एक जनालाई पक्राउ गरी ठगी मुद्धा अदालतमा चलाई कारबाही प्रकृयाअघि बढाएको जानकारी दिनुभयो । ‘ठगी गर्ने चार जनामात्र नभइ अरु पनि हुन सक्छन,’ उहाँले भन्नुभयो, ‘त्यस सम्बन्धमा अनुसन्धान र खोजी भइरहेको छ ।

ताजा समाचार

spot_img

थप समाचार