श्रीमती सुन्दरी भएपछि श्रीमान्लाई आपत्

spot_img

रसियाको एक गिर्जाघरका पुजारीकी श्रीमतीले स्थानीय सौन्दर्य प्रतियोगितामा उपाधि जितेपछि स्थानीय बासिन्दा तथा गिर्जाघरका अन्य पुजारीले उनलाई गिर्जाघर प्रवेशमा रोक लगाएका छन् । ३१ वर्षीय पूजारी सर्गिए जोटोभकी श्रीमती ३२ वर्षीया ओस्काना जोटोभाले स्थानीय रूपमा आयोजित ‘मिस सेक्सुयालिटी’ प्रतियोगितामा उपाधि जितेकी थिइन् । ब्यूटी थेरापिस्टका रूपमा कार्यरत ओस्कानाको आफ्नै सलुन पनि छ ।
श्रीमतीले उपाधि जितेदेखि नै सर्गिएलाई उपाधि बहिस्कार गर्न दबाब आएको थियो । उनले आफ्नी श्रीमतीले गल्ती गरेको कुरा स्वीकार गर्दै आगामी दिनमा यस्ता किसिमका प्रतियोगितामा सहभागी नहुने जनाएका थिए, तर पनि उनकी श्रीमतीको सफलतालाई घृणित कार्य बताउँदै नकारात्मक टिप्पणीहरू आउन थाले, जसका कारण सर्गिएले स्थानिय प्रहरीसमक्ष सुरक्षाको माग गरे ।

ओस्कानाले पहिलेदेखि नै आफूलाई ग्ल्यामरस रूपमा प्रस्तुत गर्दै आएपछि गिर्जाघरले पुजारीकी श्रीमतीको त्यस्तो हाउभाउप्रति सचेत गराउँदै आएको थियो । सुन्दरी प्रतियोगितामा सफलता प्राप्त भएपछि सर्गिएले आफ्नी श्रीमतीलाई त अनुशासनमा राख्न सक्दैनन् भने समाजका अन्य व्यक्तिलाई कसरी अनुशासित बनाउन सक्छन् भनेर गिर्जाघरका अन्य पादरीले आलोचना गरेका थिए ।

– Saptahik

spot_img

ताजा अपडेट

लोकप्रिय