Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

प्रतिनिधिसभा निर्वाचन: आज उम्मेदवारविरुद्ध...

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता...

पर्सामा प्रतिनिधिसभा निर्वाचन: चार...

  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सा जिल्लाका चारवटै निर्वाचन...

पूर्वमुख्यमन्त्री सिंहले सप्तरी–२ बाट...

सप्तरी,०६ माघ । पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा...

प्रतिनिधिसभा निर्वाचनका लागि भारतबाट...

काठमाडौँ,०६ माघ । भारत सरकारले नेपालको प्रतिनिधिसभा निर्वाचन व्यवस्थापनका लागि ५३८ वटा सवारी...
spot_imgspot_imgspot_img
6.2 C
Kathmandu
12.1 C
Birgunj
spot_img

भल्गर प्रस्तुती गर्ने गायिका सरस्वती लामाविरुद्ध ठगी उजुरी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं – स्टेज शो र म्युजिक भिडियोमा भल्गर प्रस्तुत गर्ने गायिका सरस्वती लामाविरुद्ध ललितपुर प्रहरी विटमा ठगीको उजुरी परेको छ ।

उनका पति धनबहादुर लामाले सरस्वतीले एक करोड ६ लाख ठगी गरेको भनी प्रहरीमा उजुरी दिएका हुन् ।

०६४ सालमा काभ्रे मादनकुडारीका लामासँग सरस्वतीले प्रेम विवाह गरेकी थिइन् । लामाले आफूले वैदेशिक रोजगारीका क्रममा कमाएको रकम र जायजेथा लिएर सरस्वती फरार रहेको उजुरी यसै महिना प्रहरीमा दर्ता गराएका हुन् ।

लमा ०७१ सालमा धन कमाउनका लागि भन्दै युएई उडेका थिए । आफूले कमाएको रकमबाट एउटा स्कुटर, १ लाख १० हजार मूल्य बराबरको आइफोन, २ लाख ८० हजार बराबरको ब्रासलेटलगायतका सामान र नगद पनि ठगी गरेको उजुरीमा उल्लेख छ । सुनको चुरा, सुनकै औंठी, सिक्री र रिङ मात्र बनाइदिएनन्, पटक–पटक गरी ग्लोबल आइएमई बैंकबाट ३४ लाख ५२ हजार ५ सय ८६, महालक्ष्मी विकास बैंक दरबारमार्ग शाखामा ११ लाख ९८ हजार ५ सय ११, इन्भेष्टमेन्ट बैंकमार्फत ३ लाख ९० हजार, एभरेष्ट बंैकमार्फत ३ लाख र बैंक अफ काठमाडौंमार्फत ४ लाख ५० हजार पठाएको उजुरीमा उल्लेख छ ।

कोठामा रहेको १५ लाखभन्दा बढी सम्पत्ति, गर गहना र नगद रकमसहित श्रीमती फरार भएको चाल पाएपछि उनले बौद्ध प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले सरस्वतीसहित उनका प्रेमी पिटर खालिङलाई पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार सम्बन्ध विच्छेद र ठगीसम्बन्धी मुद्दा भएकाले अदालतमा पठाइएको छ । सरस्वतीलाई भने सामान्य तारेखमा छाडिएको छ । पिटर र सरस्वती खालिङ सिष्टर्स मुभिज प्रालिको ब्यानरमा निर्माण हुने चलचित्र ‘द डार्क एण्ड लाइट’ चलचित्रबाट नजिकिएका थिए ।

ताजा समाचार

थप समाचार