शनिबार, चैत्र ८, २०८१
Sat, March 22, 2025
शनिबार, चैत्र ८, २०८१
Sat, March 22, 2025

दिल्ली उच्च अदालतको न्यायधिसको...

काठमाडाैं,०९ चैत । दिल्ली उच्च न्यायालयका न्यायाधीश यशवंत वर्माको घरबाट १५ करोड रुपैयाँ...

बारा पचरौताकाे अवस्था अहिले...

बारा, ९ चैत - बारा जिल्लाको पचरौता नगरपालिका–७ मा बाटो फराकिलो गर्ने क्रममा...

अमेरिकामा ५ लाखभन्दा बढी...

काठमाडौं, ९ चैत – अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले क्युबा, हाइटी, निकारागुवा र...

पूर्वराजा शाहद्धारा गोरखकाली...

गोरखा, ९ चैत्र । शुक्रबार गोरखा आइपुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखकाली र...
spot_imgspot_imgspot_img
23.1 C
Kathmandu
32.3 C
Birgunj
spot_imgspot_imgspot_img

भल्गर प्रस्तुती गर्ने गायिका सरस्वती लामाविरुद्ध ठगी उजुरी

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं – स्टेज शो र म्युजिक भिडियोमा भल्गर प्रस्तुत गर्ने गायिका सरस्वती लामाविरुद्ध ललितपुर प्रहरी विटमा ठगीको उजुरी परेको छ ।

- Advertisement -

उनका पति धनबहादुर लामाले सरस्वतीले एक करोड ६ लाख ठगी गरेको भनी प्रहरीमा उजुरी दिएका हुन् ।

०६४ सालमा काभ्रे मादनकुडारीका लामासँग सरस्वतीले प्रेम विवाह गरेकी थिइन् । लामाले आफूले वैदेशिक रोजगारीका क्रममा कमाएको रकम र जायजेथा लिएर सरस्वती फरार रहेको उजुरी यसै महिना प्रहरीमा दर्ता गराएका हुन् ।

लमा ०७१ सालमा धन कमाउनका लागि भन्दै युएई उडेका थिए । आफूले कमाएको रकमबाट एउटा स्कुटर, १ लाख १० हजार मूल्य बराबरको आइफोन, २ लाख ८० हजार बराबरको ब्रासलेटलगायतका सामान र नगद पनि ठगी गरेको उजुरीमा उल्लेख छ । सुनको चुरा, सुनकै औंठी, सिक्री र रिङ मात्र बनाइदिएनन्, पटक–पटक गरी ग्लोबल आइएमई बैंकबाट ३४ लाख ५२ हजार ५ सय ८६, महालक्ष्मी विकास बैंक दरबारमार्ग शाखामा ११ लाख ९८ हजार ५ सय ११, इन्भेष्टमेन्ट बैंकमार्फत ३ लाख ९० हजार, एभरेष्ट बंैकमार्फत ३ लाख र बैंक अफ काठमाडौंमार्फत ४ लाख ५० हजार पठाएको उजुरीमा उल्लेख छ ।

कोठामा रहेको १५ लाखभन्दा बढी सम्पत्ति, गर गहना र नगद रकमसहित श्रीमती फरार भएको चाल पाएपछि उनले बौद्ध प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले सरस्वतीसहित उनका प्रेमी पिटर खालिङलाई पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार सम्बन्ध विच्छेद र ठगीसम्बन्धी मुद्दा भएकाले अदालतमा पठाइएको छ । सरस्वतीलाई भने सामान्य तारेखमा छाडिएको छ । पिटर र सरस्वती खालिङ सिष्टर्स मुभिज प्रालिको ब्यानरमा निर्माण हुने चलचित्र ‘द डार्क एण्ड लाइट’ चलचित्रबाट नजिकिएका थिए ।

ताजा समाचार

spot_img

थप समाचार