Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026
Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

महतो नेतृत्वको सदभावना र...

बिरगंज , २९ पुस । आम जनता पार्टी (आजपा)ले मंगलबार एकैदिन दुई पार्टीसंग...

कांग्रेस विशेष महाधिवेशन :...

वीरगञ्ज २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पक्षधरहरूले निर्वाचन प्रक्रिया धमाधम अघि...

नेपाली कांग्रेसको विशेष महाधिवेशन...

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि निर्वाचन समितिले निर्वाचन तालिका...

गच्छदारले भने कांग्रेस संकटमा,...

वीरगञ्ज , २९ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता विजय गच्छदारले पार्टी गम्भीर...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
13.6 C
Birgunj
spot_img

कर्मचारी अभावले प्रदेश २ को जनता आवास कार्यक्रम अलपत्र

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर – कर्मचारी अभावका कारण प्रदेश २ मा जनता आवास कार्यक्रम अलपत्र परेको छ ।

प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयबाट सञ्चालन हुने जनता आवास कार्यक्रम कर्मचारी अभावकै कारण अलपत्र परेको हो । प्रदेशभरि पूर्वाधार विकासको काम गर्ने यो मन्त्रालयसँग जनताको प्रत्यक्ष सरोकार रहन्छ। ५५ कर्मचारी दरबन्दीमा १८ जनाको अभाव छ। सरकारले सम्झौताअनुसार गरिबलाई घर बनाइदिन सकेको छैन। यसका लागि प्रदेश २ मा १ अर्ब रकम आएको भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलको भनाइ छ। तर, बजेट भएर पनि काम अघि बढ्न सकेको छैन।

‘जनता आवास कार्यक्रमका लागि कर्मचारी अभाव छ’, मन्त्री सोनलले भने ‘हामीलाई प्रत्येक जिल्लामा कम्तीमा तीन जना सिनियर डिभिजनल इन्जिनियर चाहिएका छन्। तर, वीरगन्जमा मात्र एक जना डिभिजनल इन्जिनियर छन्।’ कर्मचारी नभएपछि जनता आवास कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन हुन नसकेको उनले गुनासो पोखे।

प्रदेशमातहत १ सय ६३ कार्यालय छन्। संघीय सरकारले ३ हजार २ सय ८ कर्मचारी दरबन्दी स्वीकृत गरेको छ। प्रदेशले संघसँग ४ हजार ९ सय ३७ कर्मचारी मागेको छ।

ताजा समाचार

थप समाचार